बजार अनुगमन नहुदा सिमरा नगर क्षेत्रमा कालोबजारी : प्रशासन मौन

Jantedhunga

रमेश लामा सिमरा                                                सिमरा ।  जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ मा संचालित एउटा किराना पसलले अधिकतम खुद्रा मुल्य (Mrp.) भन्दा दोबर मुल्यमा सामान बिक्री गर्ने गरेको पाइएको छ।                                                           वडा नम्बर २२ मा रमेश स्याङतानले सन्चालन गरेको किराना पसलमा अधिकतम खुद्रा मुल्य २०/ अंकित डाबर रेड दन्त मन्जन  ( tooth paste) ग्राहकलाई ४० रुपैयामा बिक्री गरेपछि उक्त रहस्य खुलेको हो।                        जिल्ला प्रशासन कार्यालय बारा र स्थानीय निकायहरूले बजार अनुगमनतिर ध्यान नदिंदा जिल्ला का मुख्य बजार सहित ग्रामीण क्षेत्रमा समेत कालोबजारी बढेको हो । स्थानीय बजारमा खाद्य तथा दैनिक उपभोग्य सामाग्री र कपडामा कालोबजारी वढेको छ ।                                    उपभोक्ता हित संरक्षण ऐनले स्थानीय तहले गर्ने अनुगन समितिलाई कसुर अनुसार पाँच हजारदेखि तीन लाखसम्म ‘अन द स्पट’ जरिवाना गराउनसक्ने अधिकार समेत दिएको छ । ऐनले अधिकार दिए पनि जनप्रतिनिधिबीच समन्वय नहुँदा कालोबजारीले प्रश्रय पाएको हो ।

जनप्रतिनिधिको मौनताले गर्दा सर्वसाधारण महँगी र कालोबजारीको मारमा परेका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ (ख) उपप्रमुखको काम कर्तव्य र अधिकारमा उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यको समन्वय गर्ने उल्लेख छ । तर बजार अनुगमन नहुँदा कालो बजारी मौलाएको उपभोक्त हरुले गुनासो गरेका छन्।                                                                      अधिकतम खुद्रा मुल्यभन्दा महँगोमा सामान बिक्री हुने गरेगरेको  र कालोबजारी हुने गुनासो गर्दा पनि संबंधित  निकायले चासो नदेखाएको  स्थानीयको गुनासो छ।

Jantedhunga
प्रतिक्रिया