काठमाडौ ।देशमा दण्डहीनताको संस्कृति बढ्दै गएकोले भ्रष्टाचार,बलात्कार,अपहरण लगायत जघन्य अपराधका दोषीहरूले समेत उन्मुक्ति पाउने गरेको भन्दै संविधान नै संशोधन गरेर गम्भीर प्रकृतिको अपराधीहरु लाई मृत्युदण्डको सजाय व्यवस्था गर्नुपर्ने माग उठ्न थालेको छ। यसैबीच बिराटनगर बाट सुरु गरिएको "मृत्युदणडवादी नागरिक अभियान -२०८२" ले देशव्यापी अभियान सुरु गरेको छ। अभियानले काठमाडौको माइतीघर मण्डलामा खुला पत्रकार सम्मेलन गर्दै, बालिका बलात्कार,अपहरणपछि हत्या ,ठुलो प्रकृतिको भ्रष्टाचार,क्रूर वा अमानवीय हत्या र देश टुक्राउने जस्ता गतिविधिमा संलग्न हरु लाई मृत्युदण्डको सजाय व्यवस्था गर्न माग गरेको छ। कार्यक्रममा बोल्दै अभियानका सह संयोजक राजेन्द्रप्रसाद अधिकारीले बर्तमान संबिधान संशोधन गरेर मृत्युडण्डको कानुनी व्यवस्था गर्न र कानुन कार्यनयन गर्न छुट्टै प्रहरी र अदालतको व्यवस्था गर्नुपर्ने बताए । अधिकारीले सरकार आफ्ना मागहरु प्रती गम्भीर नबने अभियानले चरणबद्ध आन्दोलन घोषणा गरेर अगाडि बड्ने जानकारी जानकारी दिएका थिए। कार्यक्रममा अभियानका संयोजक नुर प्रसाद अधिकारी लागायत अभियान्ताहरुले नेपालमा मृत्युडण्ड सम्बन्धि कानुनको आवश्यकता र औचित्य बारे आफ्नो धारणा राखेका थिए।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो