बिवादित प्र.प्र.अधिकृतको सरुवा पछि दिप्रुङ चुइचुम्मा गा.पा.मा अधिकृत छैटौंलाई जिम्मेवारी ।

Jantedhunga

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मीले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गैरजिम्मेवार व्यबहार गरेका कारण सोलुखुम्वुको नेचा सल्यान गाउँपालिका सरुवा भएपछि गाउँपालिकामा कार्यरत अधिकृत छैटौं पिएस्पी राईलाई आर्थिक तथा प्रशासनिक काम गर्ने गरि जिम्मेवारी तोकिएको छ।


दशैँको मुखमा महत्त्वपूर्ण निकाशा र जनताको काम छोडेर बिना जानकारी असोज २९ गते अस्वभाबिक रुपमा कार्यालयको सम्पर्क बाहिर गई बेपत्ता भएका थिए। बेपत्ता रेग्मी असोज ३० गते फेसबुक स्टाटस लेख्दै सार्बजनिक सम्पर्कमा आएका थिए। त्यस अघि गाउँपालिका अध्यक्ष लोकेद्र राईसंग सम्पर्कमा आई बाबू बिरामी भएकाले अचनाक बिराटनगर आएको जानकारी दिएपछि घरयासी समस्या समाधान गरेर छिटो कार्यालय फर्किन अध्यक्ष राईले सल्लाह दिएको बताएका थिए। भने त्यसपछी फेसबुक स्टाटसमा गैरकानुनी भुक्तानी गर्दिन भन्ने अभिव्यक्ति लेखि गैरकानुनी भुक्तानीको लागि दबाब दिएको संकेत गरेका थिए । यसरी दुई फरक समयमा फरक फरक अभिव्यक्ति र जवाफ दिएपछी गाउँपालिका अध्यक्ष राईले सचेत गराउदै २४ घटा भित्र कार्यालयमा हाजिर भई जनताको काममा फर्कन निर्देशन दिएका थिए।


अध्यक्ष राईको निर्देशन पछि पनि तोकीएको समयमा कार्यालयमा हाजिर नभएपछी गैरजिम्मेवार कर्मचारीलाई कारबाही गरि गाउँपालिकामा कार्यरत अधिकृत छैटौं पिएस्पी राईलाई जिम्मेवारी दिन माग गर्दै गाउँपालिकाले  संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र लेखी पठाएको थियो। बिवादित प्रमुख प्रसाशकीय अधिकृतलाई  मन्त्रालयको मिति २०८० कार्तिक १ गतेको निर्णय अनुसार सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा सरुवा गरि सोही मितिमा गाउँपालिकामा कार्यरत अधिकृत छैटौं पिएस्पी राईलाई आर्थिक तथा प्रशासनिक काम गर्ने गरि जिम्मेवारी तोकेपछी कार्तिक ३ गते देखि प्रमुख प्रशाकीय अधिकृतको जिम्मेवारि समालेका छ्न।


संघिय मामला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय अनुसार गाउँपालिकाको नियमित काम संचालन गर्न र जनताको कामलाई निरन्तरता दिन पिएस्पी राईलाइ निमित्त  प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिइएको र सरुवा भएका प्रमुख प्रशाकीय अधिकृत गाउँपालिकामा आई बरबुजारत  नगरेकोले निज बैंक खाता रोक्का गरिएको  साथै गाउँपालिकामा आइ बरबुझारत सहित गाउँपालिकाको मान, मर्दन हुने गरि झुटो लाल्छना लगाएको फेसबुक अभिव्यक्ति पुष्ठि नगरेसम्म  रमाना नदिइने र निजको खाता पुकुवा समेत नगरिने गाउँपालिका अध्यक्ष राईले बताउनु भयो। 

Jantedhunga
प्रतिक्रिया