काठमाडौँ : उत्त्पत्तिका एकादशी अर्थात् वर्षकै पहिलो एकादशी शनिबार मनाइँदैछ।
एकादशी मार्गशीर्ष कृष्ण पक्षमा शुरु भएर कार्तिक शुक्ल पक्ष (हरिबोधिनी) मा समाप्त हुने बताइन्छ। एकादशी महिनामा दुई पटक पर्छ, शुक्ल पक्षमा र कृष्ण पक्षमा। यो हिसाबले वर्षमा २४ वटा एकादशी हुन्छन्।
यो तिथि भगवान् विष्णु वा नारायणसँग सम्बन्धित पर्व हो। एकादशीका दिन अन्न नखाने, बेलुकी एक छाक रोटी खाने, दुई दल भएका पदार्थ नखाने परम्परा छ। वैष्णव धर्म नलिएकाले पनि एकादशीका दिन मांसाहार नगर्नेजस्ता नियम अँगालेको पाइन्छ। एकादशीका दिन विशेषगरी भगवान् विष्णुको पूजा आराधना गर्ने, माहत्म्य पाठ गर्नेजस्ता कर्म गरिन्छ।
विभिन्न पुराणमा एकादशीको उत्पत्ति, माहत्म्य र फलबारे बताइएको छ। एकादशी माहत्म्यमा पनि प्रत्येक यो दिन गर्ने र नगर्ने कामका विषयमा उल्लेख पाइन्छ।
Jantedhunga
saturday 15 nov 2025
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो