दिप्रुङ चुइचुम्मा गाउपालिकाले मनायो शिक्षा दिवस ।

Jantedhunga

चुइचुम्मा, खोटाङ । स्थानीय निकायले आयोजना गर्ने कार्यक्रमहरू मा अतिथि बोलाउने विषयमा प्रायः विवाद हुने गरेको गर्दछ । जनप्रतिनिधि हरुले आफू निकट दलका नेताहरू लाई अतिथि छनौट गर्दा अर्को पक्ष असन्तुष्ट हुने गरेको पाइन्छ । तर खोटाङ जिल्लाको दिप्रुङ चुइचुम्मा गाउपालिका ले भने सत्ता पक्ष र विपक्षी दलका जिल्ला स्तरका शिर्ष नेता हरु लाइ एउटै मन्चमा राखेर ४४ औं राष्ट्रिय शिक्षा दिवस मनाएको छ ।                                         राष्ट्रिय शिक्षा दिवश २०८० को अवसरमा दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा   प्रमुख अतिथी एमाले पोलिटब्युरो सदस्य एवं संविधान सभा सदस्य बिशाल भट्टराई र विशिष्ट अतिथी पुर्व जि.वि.स. सभापति नेपाली काङ्ग्रेसका नेता बिष्णु कुमार राई रहेका थिए । कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष राम प्रसाद दंगाल लगायतको आथित्यता र गाउपालिका अध्यक्ष लोकेन्द्र राई को अध्यक्षतामा भब्यताका साथ सम्पन भयो । विभिन्न प्रतियोगितामुलक कार्यक्रम सहित गाउँपालिका अन्तर्गत शैक्षिक वर्ष २०७९ मा कक्षा ८ र एस.इ.ई परिक्षामा सर्बोकृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरु र  गाउँपालिकाका उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरिएको थियो ।



Jantedhunga
प्रतिक्रिया