तुलसीपुर । दाङको तुलसीपुरमा एक युवकमाथी खकुरी प्रहार भएको छ । खकुरी प्रहारबाट तुलसीपुर–१८ दुधरासका १८ बर्षीय विनोद नेपाली गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । केहि दिन अघि स्थानीय हिमाल परियार र राका जोजो भनेर चिनिने एक युवाबिच फेसबुक म्यासेन्जरमा सामान्य बिबाद भएको र सोही बिबाद मिलाईदिने भन्दै रोहन श्रेष्ठले इलाका प्रहरी कार्यालय अगाडी रहेको सिता नास्ता पसलमा बोलाएर आफुलाई खुकुरी प्रहार गरेको हिमाल परियारले बताए ।
‘मलाई राका भन्नेले केहीदिन अघि म्यासेन्जरमा बोलाएको थियो’, उनले भने,– ‘त्यहीबाट कुरा गर्दै जाँदा सामान्य भनाभन अवस्था सृजना भएको थियो, अनि उसले रोहन दाईलाई यो कुरा भनेको रहेछ । रोहनसँग मेरो पनि चिनजान थियो, अनि उहाँले मलाई तिमिहरु दुइजनाको झगडा मिलाईदिन्छु तुलसीपुर आउ भन्नुभयो । मैले त मेरो पक्षमा सोचेर भन्नुभएको होला भनेर आइहाले । उहाँसँग म भन्दा झन नजिकका उनीहरु रहेछन् । मलाई खुकुरी हान्ने योजना बनाएर बोलाएका रहेछन् । पहिले थाहा भएन । सुरुमा मलाई एक्लै भित्र बोलाएर कुटपिट गर्न थालेपछी थाहा भयोे मलाई हातपात गरेपछी साथी छुटाउन जादा खुकरी हाने। नास्ता पसलमा भेट भएपछि उनीहरुले पहिले चिया मगाएर खुवाएको र पछी कुटपिट गर्न थालेको उहाँले बताउनुभयो । आफुलाई कुट्न थालेपछी छुटाउन गएका विनोद माथी नै खुकुरी प्रहार भएको उनको भनाई छ । आफुलाई भनेर हानेको खुकुरीले विनोदलाई लागेको उहाँले बताए । आफुलाई झगडा मिलाउने भन्दै बोलाएका रोहनले नै राका भन्नेलाई खुकुरी झिकेर दिएको र राकाले प्रहार गरेको उनले बताए ।
यसरी हेर्दा रोहनकै योजनामा घटना भएको पिडित पक्षको भनाई छ । इलाका प्रहरी कार्यालय नजिकै यसरी दिनदहाडै युवकमाथी खुकुरी प्रहार हुनु दुखद कुरा रहेको भन्दै पिडित परिवारले दोसीमाथी कडा कारवाहीको माग गरेका छन् । प्रहरी कार्यालयकै अगाडी यस्तो घटना हुनुले प्रहरीलाई नै चुनौती दिएको उनीहरुको भनाई छ ।
अहिले घटनामा संलग्न सबैजना फरार भएका छन् । उनीहरुको खोजी तिब्र पारेको प्रहरीले जनाएको छ । उनीहरुको पहिचान भइसकेकाले पनि छिट्टै पक्राउ पर्ने प्रहरीको दाबी छ । घटना आज दिउँसो २ बजेको समयमा भएको थियो । घाइते नेपालीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागी नर्सिङहोम नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो