बुधबारे,झापा । झापाको बुद्धशान्ती गाउँपालिका-५ का ४५ बर्षीय धन बहादुर कटुवालको हत्यामा संलग्नस स्थानीय ३५ बर्षीय रोशन अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ। अधिकारी नाताले मृतक कटुवालका सालो हुन।
२२ गते राती ११ बजे सालो भिनाजुको बिचमा घरायसी बिषयमा बादबिबाद हुँदा अधिकारीले कट्वाललाई खुकुरी र बाँसले टाउको र शरीरको विभिन्न भागमा प्रहार गर्दा गम्भीर घाईते भएका कट्वाललाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा उनको उपचारको क्रममा हिजो कात्तिक २३ गते दिउँसो मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।
घटनाबारे जनाकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय बुधबारे झापाबाट घटनास्थलमा खटिएको प्रहरीको टोलीले खुकुरी प्रहार गर्ने रोशन अधिकारीलाई तत्काल पक्राउ गरेको बताइएकाे छ । घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Jantedhunga
friday 10 nov 2023
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो