मादक पदार्थ सेवन पछि विवाद हुँदा सोलुखुम्बुमा एकजनाको हत्या

Jantedhunga

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-२ पेल्माङ का  ५० वर्षीय सितल बहादुर राईको हत्याको घटनामा  संलग्न  २ जनालाई प्रहरीले  पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५५ वर्षीय धरन बहादुर राई र ३५ वर्षीय समित कुलुङ रहेका छन् । शुक्रबार राति मादक पदार्थ सेवन गरेर वादविवाद संगै भएको झै-झगडामा सितल बहादुर राईको घटनास्थलमै मृत्यु भएको थियो। घटनाको जानकारी  प्राप्त हुनासाथ प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले झै-झगडामा संलग्न धरन बहादुर र समितलाई पक्राउ गरि थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Jantedhunga
प्रतिक्रिया