डिलकुमारि नेपाल ,चितवन । राष्ट्रिय काष्ठमाण्डप कराते प्रतियोगिताको लागी बागमती प्रदेशबाट १७ जना खेलाडी छनौट भएका छन् । सितोरियो कराते ट्रेनिङ हल भरतपुरमा भएको छनौट प्रतियोगितामा भक्तपुर बाहेक बागमती प्रदेशका १२ जिल्लाबाट ७५ खेलाडी सहभागी रहेका थिए । उक्त खेल अन्तर्गत एकल काता महिलामा ललितपुरकी दीपा पुन, एकल काता पुरुषमा काठमाडौंका अमृत थोकर, टिम काता पुरुषमा काठमाडौंका अमृत थोकर, राजकुमार श्रेष्ठ र प्रनिल मानन्धर छनौट भएका छन् ।
पुरुष तर्फ ५० केजी तौल समूहमा ललितपुरका सुजन खड्की, ५५ केजीमा धादिङका निशान घले, ६० केजीमा नुवाकोटका सुबिन सुनार, ६७ केजीमा चितवनका मिलन नेपाली, ७५ केजीमा धादिङका निशान मल्ल, ८४ केजी मुनीमा रसुवाका पासाङ ग्याल्जेन र ८५ केजी तौल भन्दा माथिमा मकवानपुरका अजय ब्लोन छनौट भएका छन् ।
महिला ४५ केजीमा चितवनकी निक्षा थापा मगर, ५० केजीमा सिन्धुपाल्चोककी पार्वती श्रेष्ठ, ५५ केजी ताैल समुहमा मकवानपुरकी आशा तामाङ, ६१ केजीमा काठमाडौंकी कृतिका अधिकारी छनौट भएका छन भने ६८ केजी ताैल भन्दा तल काठमाडौंकी आशिका राई र ६८ केजी माथिमा काठमाडौंकी महिमा राई छनौट भएकी छन् छिन् । छनौट भएका खेलाडीले माघ ६ देखि ९ गतेसम्म नेपाल सितोरियो कराते शाखा डोजो लैनचौरको आयोजनामा हुन गईरहेकाे राष्ट्रिय काष्ठमाण्डप कराते प्रतियोगितामा बागमती प्रदेशबाट प्रतिस्पर्धा गर्नेछन् ।
छनौट कार्यक्रमका प्रमुख अतिथि चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीले खेलाडीहरुलाई प्रतियोगितामा सफलताको लागि शुभकामना व्यक्त गरेका थिए । कार्कीले खेलाडीहरु लाई हाैसला बढाउंदै,भविष्यमा देशका लागि पदक जित्ने लक्ष्यका साथ अघि बढ्न सुझाव दिए ।
नेपाल कराते महासंघ बागमती प्रदेशका अध्यक्ष गगन लामाले खेलाडीहरुलाई उच्च मनोबलका साथ प्रतिस्पर्धामा जानुपर्ने भन्दै खेलाडी खेल प्रतिको लगनशिलता र अनुशासन कायम राख्न सके जीत सम्भव हुने भन्दै खेलाडी लाई सफलताको शुभकामना दिएका थिए।
सोही कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषद्कोबोर्ड सदस्यमा नियुक्त भएका कृष्णबहादुर नेपाल (सुजन)लाई सम्मान समेत गरिएको थियो । नेपाललाई चितवन जिल्ला खेलकुद बिकास समिति, बागमती प्रदेश कराते महासंघ र चितवन जिल्ला सितोरियो कराते संघले संयुक्त रुपमा सम्मान गरेका थिए।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो