दार्चुलाः आइतवार राति परेको वर्षाका कारण खसेको पहिरोले महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर–खलङ्गा सडक अवरुद्ध बनेको छ।
लोकमार्गको कठपते नक्तड, पनेबाज, ऐरिछाना र मालिकार्जुन गाउँपालिकाको धामीगाडामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो। सडक अवरुद्धहुँदा जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधन सडकमै रोकिएका छन्। दार्चुलाबाट महेन्द्रनगर, काठमाडौँ आउने दिवा तथा रात्रिसेवाका बस सडक अवरुद्ध भएपछि बाटोमै रोकिएका हुन्।
पटक–पटक पहिरोका कारण अवरुद्ध हुने लोकमार्गमा छोटो दूरीका सवारीसाधन पनि सञ्चालन हुन नसक्दा यात्रुले सास्ती भोग्नुपरेको छ। आज बिहानदेखि डिभिजन सडक बैतडी पाटनको जेसिबीले पहिरो पन्छाइरहे पनि ठाउँठाउँमा पहिरो खसिरहेकाले एउटा मात्र जेसिबीले पन्छाउन केही समय लाग्ने सडक विभागका सुपरभाइजर राजेन्द्रसिंह धामीले जानकारी दिए।
Jantedhunga
monday 19 aug 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो