समाजवादको विकल्प नवउदारवाद हुन सक्दैन :सन्दर्भ कार्ल मार्क्सको जन्म जयन्ती

Jantedhunga

‘हामीसँग हार्नका लागि केही छैन, केवल एउटा सिक्रीबाहेक तर जित्नका लागि भने सारा संसार छ । – कार्ल मार्क्स

आज मे ५ तारेख  अर्थात महान विचारक कार्ल मार्क्सको जन्म जयन्ती । कार्ल मास्क एक प्रसिद्ध दार्शनिक,राजनैतिक,अर्थशास्त्री इतिहासकार, राजनैतिक सिद्धान्तका प्रणेता,समाजशास्त्री र  साम्यवादी एवं क्रान्तिकारी नेता हुन् ।

पुँजीवादी उत्कर्षमा पुगेको आजको विश्वमा पुँजीवादबाट सिर्जित तमाम समस्याहरू समाधान गर्दै नयाँ संसारको निर्माण गर्ने अभिलाषा बोकेकाहरू कार्ल मार्क्सका दर्शनशास्त्रले अहिले पनि पूँजीवादको टाउको रिंगाएको छ । उनी १८१८ मा जर्मनीको त्रिएर नामक सहरमा यहुदी परिवारमा  जन्मेका हुन्। जसलाई पछिल्लोमा लाइबेरल प्रोटेस्टेन्ट परिवारको रूपमा परिभाषित गरियो।

मार्क्सको मुख्य विचार सामाजिक न्याय र समृद्धिको लागि समाजिक परिवर्तनको प्रोत्साहन गर्नु हो।द्वन्द्वात्मक  भौतिकबाद मार्क्सको विचारको मूल आधार हो । मार्क्सको मत अनुसार सारा संसारका सधै समस्याहरुमा यथार्थ पथ प्रर्दशन हुन्छ, द्वन्द्वात्मक भौतिकवादले वर्तमान कालको मात्र नभएर भविष्यमा समाजमा हुने  परिवर्तनको दिशा ज्ञान हुन्छ ।मार्क्स   भौतिकवादी थिए । उनले  संसारमा अस्तित्वमा रहेका प्राकृतिक वस्तु तथा पदार्थलाई नै विश्वास गर्दथे र उनकाअनुसार आत्मालाई हामी अनुभव गर्न सक्दैनौ अत  आत्माको हाम्रा लागि कुनै अस्तित्व हुँदैन। यसका विपरित माटो,रुख,बिरुवा ,घर,पहाड ,आदि वस्तु प्रत्यक्ष देखिन्छ । यी कुरा हाम्रा लागि सर्वदा सत्य हो।

त्यसैले आफ्ना विचारको आधार प्रत्यक्ष स्पष्ट भौतिक वस्तुलाई बनाउनु पर्दछ । आत्मा ईश्वर जस्ता अस्पष्ट वस्तुको पछाडि लाग्न हुदैन । मार्क्सले इश्वरलाई मानवको कल्पनाले जन्माएको मानेका छन् । द्वन्द्वात्मक भौतिक बादीले इश्वरीय शक्तिको विश्वास नगरी भौतिक शक्तिको वा सक्रिय पदार्थको विश्वास गर्दछ ।

मार्क्स यहि भौतिक बादी दृस्ठिकोणका आधारमा चीन,भियतनाम,क्युबालगायतका मुलुकमा क्रान्ति भएका छन् । विश्वमा समाजवादी आन्दोलन अघि बढेको छ । ‘विश्वका मजदुर एक हौं।तिमिहरुका लागि गुमाउन जन्जिरबाहेक केही छैन तर जित्न सारा संसार छ।'"शोषक वर्गले शोषित वर्गलाई शोषण गरी नाफा कमाउँछन्"

"विश्वमा वर्ग सङ्घर्ष निरन्तर जारी रहन्छ।"

"धर्म मानवजातका लागि अफिम हो’ जस्ता मार्क्सका महान  भनाइ अझै पनि उतिकै सान्दर्भिक छन् । सन् १८४४/४८ समयका उनका बिचार हरु अहिले पनि सान्दर्भिक छन् । माक्स–एंगेल्सका अनुसार गरिबी र अभावले वर्गको उत्पत्ति भएको थियो।गरिबी र अभावको अन्त्य भएपछि साम्यवाद आउनेछ।  आजको वर्तमान युगमा यो स्पष्ट छ कि गरिबी र अभावको अन्त्य पूँजीवादले गर्न सक्दैन । पूँजीवादले गरिबी र अभावको सृजना गरेर आफू बाच्न चाहन्छ । तर त्यो स्थायी हिसाबले सम्भव छैन । अन्ततः पूँजीवाद ढल्नै पर्छ । असमानताको जगमा ठडिएको पूँजीवादले सृजना गरेको गरिबी र अभावको अन्त्य गरेर साम्यवाद ल्याउन समाजवाद ऐतिहासिक रूपले अनिवार्य आवश्यक छ। समाजवादको विकल्प  नवउदारवाद हुन सक्दैन।नवउदारवाद कति हिंसात्मक,अमानवीय,अत्याचारी र आतंककारी हुन्छ भन्ने बुझ्न्  अमेरिकालाई हेरे पुग्छ।

विश्व साम्राज्यवादको नाइके अमेरिकाले आज विश्वभरी मानतवा विरुद्ध मच्चाइरहेको ताण्डव नृत्यले  यस कुराको पुष्टि  गर्दछ।समाजवाद निर्विकल्प व्यवस्था हो जुन अवश्यम्भावी छ ।

खासमा मार्क्सवाद बहस, वादविवाद,भौतिकवाद र बर्ग संघर्षको समष्टि हो । मार्क्स  विश्वभरिका कम्युनिष्टहरुको मुटुका धड्कन पनि हुन् । मार्क्सको महान बिचार अहिले पनि उत्तिकै सान्दर्भिक छ।                                              विश्वभरी छरिएर रहेका सर्वहारा,श्रमजीवी बर्गका मुक्तिका खातिर आफ्नो परिवार र निजि सम्पत्ति भन्दा माथी उठेर आफ्नो जीवन व्यतीत गर्नुभएका महान ब्याक्तित्व प्रति श्रद्धा सुमन।

Jantedhunga
प्रतिक्रिया