जन्तेढुंगा सवाददाता
काठमाडौं । एल सल्भाडोरका पूर्व राष्ट्रपति माउरिसियो फ्युनेसलाई १४ वर्षको जेल सजाय सुनाइएको छ ।त्यहाँको एक अदालतले दुइ आपाराधिक समुह मारा साल्बात्रुचा र बारियोसँग अबैध सम्बन्ध र साँठगाँठ गरेको आरोपमा फ्युनेसलाई दोषी ठहर गर्दै १४ बर्षको जेल सजाय तोकेको हो ।एल सल्भाडोरमा सन् २००९ देखि सन् २०१४ सम्म राष्ट्रपति रहेका फ्युनेसले आपाराधिक समुहसँग सम्बन्ध राखेका कारण देशमा आतंककारी गतिबिधि बढ्नुका साथै उनीहरुसँग युद्धबिराम हुन नसकेको आरोप लगाइएको थियो ।
फ्युनेसले कैद सजाय भोगीरहेको आपाराधि समुहका ब्यक्तिहरुसँग समेत भेट गरी कैदको अवधि घटाएको आरोप समेत लागेको थियो । एल सल्भाडोरको सर्वोच्च अदालतले सन् २०१५ मा सो आपाराधिक समुहहरुलाई आतंकबादी संगठन भनेको थियो ।
Jantedhunga
wednesday 31 may 2023
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो