प्रतिबन्धित औषधी र लागू औषधसहित ३ जना पक्राउ

Jantedhunga

बिराटनगर । झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधी र लागू औषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ  गरेको छ ।             फागुन ११ गते झापाको इलाका प्रहरी कार्यालय बुधबारेले झापा बुद्धशान्ति-४ का सोनम शेर्पालाई १ ग्राम १० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ।                                                              यसैगरी  सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धरान-८ तिनकुने स्थितबाट प्र १-०२-०५५ प ११३२ नम्बरको मोटरसाईकल चालक मोरङको सुन्दरहरैचा-४ का सिजन अधिकारी र पछाडि सवार तेह्रथुम फेदाप-३ का नविन कडेललाई प्रतिबन्धित औषधी ट्रामाडोल ५ सय ९० क्याप्सुल र डिकोलिक  ५ सय ९० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । लागू औषध सहित पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

Jantedhunga
प्रतिक्रिया