काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथालाई अभियानका रुपमा सफा राख्ने प्रयासलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।
बहत्तरौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस र विश्व शिखर आरोही सम्मेलनमा हिजो सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सगरमाथा क्षेत्रमा देखिएको फोहोरमैलाको समस्या समाधानका लागि विद्यमान कानुनी व्यवस्थामा परिमार्जन गर्ने प्रक्रियामा सरकार रहेको पनि जानकारी गराए ।
प्रधानमन्त्री ओलीले सगरमाथामा जसले फोहर गर्छ, उसैले सफा गर्नुपर्ने नियम बनाउनुपर्ने भन्दै त्यसका लागि राष्ट्रियसभामा विधेयक दर्ता भइसकेकाले सरोकार भएका पक्षबाट त्यसलाई अझ परिस्कृत बनाउन सुझाव आउने अपेक्षा व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले सगरमाथालाई सुन्दर र सुरक्षित राख्नुपर्नेमा जोड दिँदै शेर्पाहरुले माथि लगिदिइहाल्छन् भने जसले पनि आरोहण गर्ने खालको सोचेर सगरमाथा आरोहणलाई त्यति हल्का पनि बनाउन नहुने बताए ।
स्वदेश र विदेशका कीर्तिमानी आरोहीलाई सम्मान गरिएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत उपस्थित थिए ।प्रधानमन्त्री ओलीले ७२औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा व्यक्त गरेको मन्तव्यको पूर्णपाठ-
यति बेला हामी समिटर समिट शिखर आरोहीहरुको शिखर सम्मेलनमा सहभागि भइरहेका छौं । यस अवसरमा हामी यस क्षेत्रका समस्याहरुको पनि चर्चा गरिरहेका छौं । यस क्षेत्रको विगत र वर्तमानको समीक्षा गरिरहेका छौं र भविष्यका बारेमा पनि छलफल गरिराखेका छौं । यस क्षेत्रको भविष्य कसरी सुरक्षित, सुन्दर र उन्नत बनाउन सक्छौं, त्यसमा छलफल गरिरहेका छौं ।
अहिले सगरमाथा क्षेत्रमा फोहोरमैलाको समस्या र त्यसलाई सफा गर्नुपर्ने समस्या । दुई राउण्ड हामीले त्यसको अभियान चलाइसक्यौं । तर पनि त्यो सफा भइसकेको छैन । अझै पनि हामीले अभियानको रुपमा सगरमाथालाई सफा राख्ने प्रयासलाई निरन्तरता दिनु पर्नेछ । त्यसमा केही नीति नियम बनाउनुु पर्नेछ । जसले लिएर जान्छ, उसले कुनै पनि फोहोर त्यहाँ गर्न पाउँदैन र जे लिएर गएको हुन्छ, त्यो चिज यदि बिस्कुट बुझाउन ल्याउनुु पर्छ बेसक्याम्पमा । यसप्रकारका नियम नराख्ने हो भने अर्को आरोही त्यही फोहोर मात्रै सफा गर्नका लागि जानुुपर्ने हुन्छ । एकजनाले फ्याँकेको फोहोर सफा गर्ने अर्को दुई जना चाहिन्छ । त्यसो भएर फोहोर सफाइको पनि बन्दोवस्त गर्ने हो कि ?
अहिले हामी ऐन र नियमको पनि संशोधन गर्दैछौं । यसमा विभिन्न पक्षहरुको बारेमा छलफल गर्नेछौं । त्यहाँ भइरहेको क्राउडका बारेमा, अघि भिडियोमा पनि हे¥यौं, कति क्राउड देखिन्छ भन्ने कुरा । सगरमाथा अहिले पहिलेको जस्तो छैन, तेन्जिङ नोर्गे रहिलारी चढेको छैन । अहिले थुप्रै मानिसहरु चडेर बाटो बनाइसकेको छ, डोरी टाँगिसकेको छ । यस्ता थुप्रै कुराहरु भइसकेका छन्, त्यसकारण सजिलो भइसकेको छ । पहिलेजस्तो गाह्रो होइन । पहिले धेरै गाह्रो थियो । अहिले जो पनि चढुला जस्तो र धेरै अभ्यास नै नगरिकन एकैचोटी सगरमाथा जाउला जस्तो गर्छ मान्छे, किनभने चढाइदिने शेर्पा छँदैछ, माथि पु¥याइदिहाल्छ भन्ने मान्छे ढुुक्क छ । त्यो पनि एउटा हो । सोलु, सगरमाथा र शेर्पा तीन वटासँग गज्जब छ नि । सोलुमा सगरमाथा छ, सगरमाथा हिमाललाई शेर्पाले चिनेको छ, चढाइदिहाल्छन् भन्ने, जो पनि जान खोज्छन् । त्यति हल्का पनि अलिकति बनाउन भएन जस्तो लाग्छ ।
द एमेन्डमेन्ट अफ ल इज रजिष्ट्रर्ड इन द नेशनल एसेम्बली अर अपर हाउस अफ द पार्लियामेन्ट । एण्ड र द रुल इज गोइङ द एमेन्डमेन्ट । इट इज अलरेडी इन द क्याबिनेट । सो, वी आर डिस्कसिङ एबाउट द एमेन्डमेन्ट अफ दिस् रुल्स एण्ड रेगुलेशन । हाउ वी क्यान इम्प्रुभ द सिचुएशन इन सगरमाथा, इन माउण्ट एभरेष्ट । हाउ वी क्यान मेक सगरमाथा क्लिनर एण्ड इजियर एण्ड भेरी सेफ टु… । त्यसो भएर, केही गर्नुपर्ने कुराहरु छ भने नेपाल माउण्टेनियरिङ एशोसिएशन छँदैछ, पर्यटन बोर्ड छँदैछ । त्यसकारण यी संस्थाहरुमार्फत् सरकारलाई ठोस रुपमा सुुझाव दिने उपयुक्त बेला भएको छ । किनभने ऐन र नियम संशोधन हुनका लागि प्रस्तावित भएका छन् ।
सरकारलाई यसमा धेरै केही लिनुुदिनु छैन, यसमा राम्रो गर्नु मात्रै छ । अर्को कुनै स्वार्थ छैन । त्यसकारण राम्रो गर्नका लागि म यहाँहरुसँग सुुझावहरु आमन्त्रण गर्न चाहन्छु र सुझावहरु दिनुस् । हामी राम्रो गर्नका लागि त्यसलाई संशोधन गर्छौ । आरोहीहरुका अनुभवहरु पनि हामीले सुन्यौं, सहभागीहरुका छलफल पनि सुन्यौं, नेतृत्वका अभिव्यक्ति पनि हामीले सुन्यौं र भिडियो पनि हे¥यौं । सगरमाथाको अवस्था सुन्यौं, अनुभव पनि सुन्यौं । अवस्था भिडियोमा हे¥यौं । त्यसकारण हामीले केही त गर्न पर्छ । तसर्थ, हामी यसका निम्ति सबैका प्रयासहरुलाई एक ठाउँमा ल्याउ भन्ने मेरो आग्रह छ ।
मलाई खुुशी लाग्छ, आठ हजार मिटरभन्दा माथि आरोहण गर्ने मौरिस हर्जोगलाई नेपाल एम्बेसी पेरिसमा भेटेर उहाँलाई सम्मान गर्ने मौका पाएको थिएँ । आइ मेट हिम, आइ फर्गेट द डेट बट आइ मेट हिम एण्ड अवार्डेड हिम फर हिज भेरी हिस्टोरीकल वर्क, मिस्टर मौरिस हर्जोग एण्ड हिज वाइफ ।
फ्रेन्च साथीहरुमा पनि अरुतिर जस्तै हिमाल चढेका साथीहरु र हिमाल आएका, देखेका साथीहरुमा नेपालप्रतिको ज्यादै गहिरो भावना छ । जो पहिलो सगरमाथा आरोही हुनुहुन्थ्यो, जसले अलिक पछि नै चढ्नुु भयो, १९७८ मा सगरमाथा आरोहण गर्नुभएको थियो । फस्ट फ्रेन्च सिटिजन हु क्लाइम्ब द माउण्ट एभरेष्ट अर सगरमाथा वाज पिरमाजो, आइ गट अपरच्युनिटी टु मिट हिम एण्ड एक्सचेन्ज ओपिनियन विथ हिम । द्याट वाज गुट अपरच्युनिटी फर मि ।
मैले अरु साथीहरुलाई पनि भेट्ने मौका पाएको छुु । क्लाइमरहरुसँग, सफल क्लाइमरहरुसँग कामीरितादेखि लिएर अरु थुप्रै साथीहरुसँग मैले भेट्ने र सम्मान गर्ने मौका पाएको छुु । मलाई खुशी लागेको छ । सफलताका कथाहरु जोडिंदै जाउन् । प्रियप्रिय कुराहरु सुनिंदै जाउन् । अप्रिय कुराहरुको स्थिति नआओस् भन्ने कुरा हामी सोच्छौं र सगरमाथा आरोहणले ७२ वर्ष पूरा गरेको छ । यो आगामी दिनमा अझ धेरै वर्षहरु बढ्दै जानेछन्, सफलताहरु बढ्दै जानेछन् । अवस्था, वातावरण र परिस्थितिलाई पनि हामीले अनुकूल त्यसैगरी बनाउँदै जानुपर्नेछ । यस काममा हामी सबैको साथ सहयोग आवश्यक छ । नेपाल सरकार यसप्रति कदम चाल्नका लागि प्रतिबद्ध छ । म यहाँहरु सबैलाई फेरि एकपटक धन्यवाद भन्न चाहन्छुु, जो सम्मानित हुनुभएको छ, उहाँहरुलाई बधाई र शुभकामना भन्न चाहन्छु र जो सम्मानित हुनुभएको छैन, उहाँहरु धेरैलाई एकैचोटी सम्मान गर्न नसकिने भएको हुनाले, कोही ३० पटक चढिसकँे, ३१ पटक चढ्नेलाई त सम्मान गर्न गाह्रो भयो नि । त्यसो भएर सम्मान गर्नु पर्ने ३० पटक चढ्नेलाई होइन र ? १० पटक चढ्ने होइन र ? ५ पटक चढ्ने होइन र ? ३ पटक चढ्ने होइन र ? अवश्य हो नि । अब ३१ पटक चढेपछि अरु तलकाले सम्मान पाउने त अलिक गाह्रो भयो, कठीन कुरा हुने भयो । त्यसो भएर अलिकति थोरै साथीहरुले मात्रै सम्मान पाउनुुभएको हुनसक्छ भन्ने मलाई लाग्छ । थुप्रै साथीहरुले सम्मानयोग्य काम गर्नुभएको छ । धेरै नयाँ नयाँ कीर्तिमानहरु कायम गर्नुभएको छ । एउटा चेलीले एकै सिजनमा आउँदै जाँदै गरेर तीन पटक सगरमाथा केही समयभित्र सफलतापूर्वक आरोहण गर्नुभएको छ । त्यस्ता कीर्तिमानहरु छन् । छोटो समयमा सगरमाथा आरोहण गर्नुभएको छ । बिना अक्सिजन सगरमाथा आरोहण गर्नुभएको छ, त्यो दुनियाँका निम्ति आश्चर्यका कुरा हुन् । तर हामी केही केही कुराहरुमा होसियार पनि हुनुु पर्दछ । अहिले केही अन्तर्राष्ट्रिय समाचार माध्यमहरुमा मैले सुनेको छुु कि विभिन्न खालका कुराहरु डोपिङजस्तै केही औषधि खाएर चढ्यो । त्यस्तो हो भने त्यो नहोस् भन्ने म आग्रह गर्न चाहन्छु । त्यस्तो हुँदैन, सगरमाथासँग पनि बेइमानी ? यो त भएन । त्यसो भएर त्यस्ता कुराहरु यदि भयो भने त्यसलाई रोक्नुपर्छ र हामीले त्यस्ता कुराहरुमा ख्याल पनि गर्नुपर्छ ।
समिटर समिटमा तपाईंहरुको यो उत्साहलाई, थकाइ नलागिकन अन्टायर्ड जस्तो निरन्तरको प्रयास र सहभागितलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु । सबैमा शुुभ रहोस् । यो सफल भएको छ । सफलताको कीर्तिमानलाई अगाडि बढाउनु पर्छ । यसलाई अझ बढी अन्तर्राष्ट्रियकरण पनि गर्दै जानुपर्छ र यसमा आकर्षण पनि बढोस् तर भिडतन्त्रमा पनि नजाओस् । सगरमाथालाई धेरै सस्तो चिज बनाउनभन्दा अलिकति त्यसको वेट राख्ने तरिका पनि अवलम्बन गर्नु पर्छ भन्ने लाग्छ ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो