डिल कुमारि नेपाल काठमाडौं। विनायक तामाङको निर्देशन रहेकाे तामाङ चलचित्र “ग्याल्बो राजा” यहि भदाैं २९ गते बनेपा शुभकामना हलमा विशेष प्रदर्शन हुने भएको छ ।
कालिदेवी मिडिया हाउसको ब्यानरमा निर्माण गरिएको “ग्याल्बो राजा” को पहिलो तथा विशेष प्रर्दशनको तयारी पूरा भएको निर्देशक तामाङले जानकारी दिएका छ्न।
नायिका संगीता तितुङको प्रस्तुती रहेको चलचित्रमा नायकको भुमिकामा विनायक तामाङ रहेका छन् ।
नायिका संगीता तामाङको कथा र बाबुराम सुवेदीको पटकथा तथा संवाद रहेको चलचित्रमा अर्जुन गुरुङ,माया देवी मोक्तान, सञ्जय लामा रुम्बा, रमेश स्याङ्तान, केबी मोक्तान, मेम्मर लो, बाबुराम सुवेदी, सुनलाल वाइबा, नोर्पु तामाङ लगायतको अभिनय हेर्न सकिनेछ।
राजु किराँतको द्धन्द, उत्तम शिशिर श्रेष्ठको नृत्य र सन्चु थोकरको छायांकन रहेको चलचित्रमा कुमार स्याङ्बोको गीत तथा निमा दोङ र विश्व दोङको संगीत रहेको छ । गीतमा रचना रिमाल, विश्व दोङ, सुमिना लो, निमा दोङ र जितु लोप्चनको स्वर रहेकाे छ ।
किताब सिंह घलान कार्यकारी निर्माता रहेको ‘ग्याल्बो राजा’ नेपाली भाषामा समेत डब गरिएको छ ।तामाङ चलचित्रको बजार विस्तार एवं समग्र नेपाली दर्शकरुमाझ पुर्याउन नेपाली भाषामा समेत डब गरी अन्य हलहरुमा पनि प्रदर्शन गर्ने सोच बनाएको निर्देशक तामाङले जानकारी दिएका छन् ।
पहिलो विशेष प्रदर्शन कार्यक्रममा सम्मान तथा सांगीतिक कार्यक्रम समेत हुने निर्देशक तामाङले बताए ।
२०५९ सालमा पहिलो चलचित्रको रुपमा सेमला दुङाल निर्देशन गरेका तामाङको यो दशौं चलचित्र निर्देशन समेत हाे।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो