भ्रम सिर्जना गर्न खोजिएको भन्दै दिप्रुङ चु. गा.पा. ले सार्बजनिक गर्यो,चेक जारी गर्न लागिएको खर्च बिबरण।

Jantedhunga

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी २०८० असोज २९ गते राती आफ्नै क्वाटरबाट फोन अफ गरि बिना जानकारी सम्पर्क बिहिन भएको घटना जोडेर सिङ्गो दिप्रुङ चुइचुम्मा गाउँपालिकाको मान, मर्दन हुने गरि सामाजिक संजालमा राजनितिक पुर्वाग्रह साँधेर फर्जी बिल भरपाइमा चेक जारी गर्न दबाब दिएकाले फरार भएको भनी कपोकल्पित लाल्छ्ना लगाउँदै केही ब्यक्तिहरुले भ्रम सिर्जना गर्न  खोजेपछी दिप्रुङ चुइचुम्मा गाउँपालिकाले Jantedhunga.com अनलाइन मिडिया मार्फत चेक जारी गर्नुपर्ने निकाशा तथा भुक्तानीको खर्च विवरण सार्वजनिक गरेको छ।

गाउँपालिकाले सार्वजानिक गरेको निकाशा तथा भुक्तानी खर्च शीर्षकमा लेखा प्रमुखले हस्ताक्षर गरि चेक जारी गर्न लागिएको छ भने अन्य फायलहरु आबश्यक प्रकृया पूरा गरि  चेक जारी गर्ने अबस्थामा कार्यकारीबाट तोक लगाई सकिएका छन। जस अन्तर्रगत कर्मचारी यमनलाल श्रेष्ठको नाममा करार अबकाशमा २०८०-०४-१९ को निर्णय अनुसार उपदान बापत पाउने रु. ५१,५७५।-, वडाध्यक्ष भुपेन्द्र बस्नेतको नाममा इलाममा संचालित न्यायिक समितिको तालिममा सहभागी भ्रमण खर्च रु. ९०००।-, गा.पा. प्रहरी हवल्दार बिराटनगर गएको भ्रमण खर्च रु. ७०००।-, बिजया दशमीमा मौलो पुजा गर्ने हवल्दार राईको नाममा पेश्की रु२०,०००।-, पुर्व प्रमुख प्रशासकिय अधिकृत लोकेन्द्र बहादुर राईको नाममा कर्मचारीहरुको कार्यसम्पादन मुल्यांकन गर्दा मुल्यांकन समितिको बैठक भत्ता रु.२३,४६०।- को जारी गर्न लेखा प्रमुखले हस्ताक्षर गरिसकेका छन भने प्रमुख प्रशासकीय हस्ताक्षर गर्न बाँकी छ।
यसै गरि काम सम्पन्न गरि सम्पुर्ण प्रक्रिया पूरा गरेका शिक्षा शाखाले पेश गरेको रास्ट्रीय शिक्षा दिवश २०८० को पुरस्कार बितरण रु. १,२०,५००।-, शिक्षक कर्मचारी टिसर्ट खरिद रु. ३,१६,४००।-, खाना, खाजा, पाहुना सत्कार रु.१,६०,८२७।-, मंच ब्यबस्थापन रु.१७०००।-, ब्याज, ब्यानर अन्य सामग्री रु.६६,१८०।-, साउण्ड सिस्टम ब्यबस्थापन रु.१७,५००।- गरि जम्मा रु. ६,९८,४१७।- खर्च भइ निकाश भुक्तानी बांकी छ। एम्बुलेन्स मर्मत संभार रु७१,३७४।- लक्ष्मी इन्टर पाइजेज गाइघाट, गाडी मर्मत राउत ट्रेडस प्रा.लि. रु.१,३८,०००।-, हेब्बी चालक JCB टायर खरिद, ढुवानी जित बहादुर मगर ९२,७३६।-, गाउँपालिका कानुनी सल्लाहकार तथा अधिबक्ता ओम प्रकाश घिमिरे लिखित जवाफ मस्यौदा र गाउँपालिक प्रतिनिधि भइ अदालतमा तारिख बापत ९९,०००।-, सुचना मुलक सन्देश, जनहितमा जारी सुचना लगाएत विभिन्न सुचना प्रकाशन, प्रशारण का लागि सुचना माध्यम,पत्रपत्रिका, अनलाइन मिडियाहरु हलेसी सामुदायिक रु. ६६,०००।-, इन्फोक्स राजन ठटाल रु. ३०,०००।-, अनलाइन आवाज दिवश रिजाल रु.३०,०००।, रुपाकोट राजकुमार रु. २०,०००।-, प्रभाव न्युज उत्तम चौलागाईं ६०,०००।-, पिस नेपाल सुर्य तामाङ रु.१,१३,०००।-, नव संवाद कृष्ण आचार्य रु.१९,०००।-, समायोजन खबर चिसाङ सेर्पा रु. ४०,०००।-, हलेसी न्युज केदार मगर रु.३०,०००।-, विरासत खबर सन्तोष पौडेल रु. ४०,०००।-, हलेसी साप्ताहिक हरिबोल आचार्य रु.१,००,०००।-, खोटाङ टुडे दिलिप खत्री रु २०,०००।-
खोटाङ साप्ताहिक रविना रु३०,०००।, र खोटाङ टुडे कृष्णकला राई रु. १२,०००।-, सेम्तुम्मा मिडिया संजिव राई रु.४५,०००।- निकाशा तथा भुक्तानिका लागि चेक जारी गर्न बाँकी छ।साथै बर्षाको समयमा साउन देखि सडक मर्मत, संभार JCB एक, स्काभेटर , ट्याक्टर दुई, टिफर २ को भाडा खर्च रु. १३,००,०००।-, तावाखोला, धिप्लुङ, टेम्मा, याम्खा, डाँडागाउँ सिचाई आयोजनाको प्रथम रनिङ बिल रु. २४,६९,५८२।- को समेत निकाशा भुक्तानी बाँकी रहेको छ।

प्रमुख प्रशासकिय अधिकृत रेग्मी क्वाटरमा संगै बसेका लेखा प्रमुख राजु पोखरेल र स्वास्थ्य संयोजक मुस्ताक अहमद मन्सुरीलाई समेत जानकारी नगराई बेपत्ता भए पछि गाउँपालिकाले आफ्नो कर्मचारी बेपत्ता भएको र निजको सुरक्षा खतरा रहेको भन्दै हिजो दिनभर सुरक्षा निकाय तथा संबन्धित निकायमा जानकारी गराई खोजी गरेको थियो। यस्तो एउटा जिम्मेवार कर्मचारी बेपत्ता भएको संबेदनसिल घटनामा मजाक गर्दै केही ब्यक्तिहरुले सामाजिक संजालमा गैर जिम्मेवार टिप्पणी र अभिव्यक्ति दिएर आम दिप्रुङ चुइचुम्माली जनताको शिर झुक्ने गरि षड्यन्त्रपुर्ण तरिकाले भ्रम सिर्जना गर्न लागिएको प्रती गम्भीर ध्यानाकर्षण सहित सचेत गराउंदै यस्ता भ्रमका पछि नलाग्न आम दिप्रुङ चुइचुम्मालीबासीहरुलाई अनुरोध गर्दै गाउँपालिकाले हिजो असोज २९ गते साँझ बिज्ञप्ति निकाली सकेको छ।

चाड पर्वको मुखमा विभिन्न योजना, कर्मचारीको सेवा, सुबिधा, आकस्मिक खर्च लगाएतको रकम निकाशा नगरी प्रमुख प्रशासकीय अधिकृत रेग्मी हिडेपछी निकाशा तथा भुक्तानी हुन नसक्ने हुँदा गाउँपालिका अफ्ठारोमा परेको छ। तर यस्तो अबस्थामा उल्टै गाउँपालिकालाई झुटो आरोप प्रत्यारोप गर्न केही ब्यक्ती उद्दत भएकाले आम दिप्रुङ चुइचुम्माबासीहरुलाई स्पष्ट पार्न चेक जारी गर्न लागिएको निकाशा तथा भुक्तानी गर्नु पर्ने खर्च बिबरण सार्वजानिक गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताउनु भयो।  हामीसंग छोटो कुराकानी गर्दै राईले आफुले सार्वजनिक गरेको निकाशा तथा भुक्तानी खर्च बिबरणमा झुटा बिल, भरपाई समाबेश भएको आधार र प्रमाण देखाइ पुष्ठि गर्न सम्बन्धित पक्षलाई चुनौती दिनु भयो साथै थप बुझ्न र स्पष्ट हुन चाहे जो कोहि गाउँपालिकामा आएर सुचना लिन सक्ने भन्दै झुटा कपोकल्पित लाल्छ्नाको घोर भत्सर्ना गर्नु भयो।

Jantedhunga
प्रतिक्रिया