खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गत असोज १४ गते वडा नं. ७ टेम्माबाट सुरु गरेको एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ।
स्वास्थ्य सेवा र आ.व. ०८०/०८१ को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरणका लागि गाउँपालिकाको ब्यबस्थापन र सानिमा बैकको सहकार्यमा एकीकृत घुम्ती शिविर संचालन गरेको हो। एकीकृत घुम्ती शिविरबाट ७०० बढिले स्वास्थ्य सेवा लिए भने जेष्ठ नागरिक, विधुवा, पुर्ण असत्त, असत्त बालबालिका लगाएत ९०० बढिलाई सामाजिक सुरक्षा भत्ता बितरण गरिएको हो।
स्वास्थ्य सेवा अन्तरर्गत स्वास्थ्य परिक्षण, निशुल्क औषधी बितरण तथा जटिल र विभिन्न रोगको लक्षण भएर पनि अस्पताल नगएकाहरुलाई तत्काल उपचारमा जान सल्लाह दिइएको हेल्लो डाक्टर कार्यक्रमका टिम लिडर सुरेश प्रधानले जानकारी दिनु भयो।
यस अघि देखि नै वडा तथा टोल टोलमा गाउँपालिकाले घुम्ती शिविर संचालन गर्दै आएको तथा यस पटक शिविरमा स्वास्थ्य सेवा पनि थप गरि शिविर संचालन गर्दा बृद्द, बृद्दा र अशत्त नागरिकहरूलाई विशेष लाभ भएको र आगामी दिनमा अन्य अत्यावश्यक सेवाहरुलाई समेत आवद्द गरि शिविर संचालन गरिने गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताउनु भयो।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो