सहकारी पीडितरूले आज देखि तेस्रो चरणको आन्दोलन गर्दै

Jantedhunga

काठमाडौं । सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारीपीडित बचतकर्ता फेरी आन्दोलमा उत्रिएका छन् ।    सहकारी पीडितरूले आज (शुक्रबार)देखि तेस्रो चरणको आन्दोलन गर्न लागेका हुन् ।

देशभरिका संकटग्रस्त सहकारी पीडित बचतकर्तालाई संगठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आज माइतीघरमा बिहान ११ बजे सभा गर्दै बानेश्वरसम्म र्याली गर्ने भएको छ ।

आजको कार्यक्रममा करिब ७ हजार पीडितहरु सहभागी हुने अनुमान गरिएको महासंघका अध्यक्ष कुसलभ केसीले जानकारी दिए । त्यस्तै महासंघले चितवन, धरान, पोखरा र बारालगायतका स्थानमा पनि आन्दोलन गर्ने भएको छ ।

महासंघका अध्यक्ष केसीले सरकारले आफूहरूसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको बताए ।

Jantedhunga
प्रतिक्रिया