सप्तकाेशी नदीमा कटान सुरु हुने खतरा भएपछी ५६ ढोका खोलीयो

Jantedhunga

लगातारको वर्षाले सप्तकोसी नदीको बहाव यो वर्षकै उच्च तहमा पुगेको छ । सहायक नदीहरुमा आएको बाढी र लगातारको वर्षाले कोसीको बहाव बढेको हो ।  साेमवार बिहान ११ बजेको पछिल्लो मापनअनुसार सप्तकोसी नदिमा पानीको बहाव ४ लाख १० हजार ६७५ क्युसेक पुगेको छ । पानी बहाव बढेपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका अहिले खोलिएका छन् भने कोसी नदि वरिपरी क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।

Jantedhunga
प्रतिक्रिया