काठमाडौं । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको पर्सिपल्टसम्म (असोज ६ गतेदेखि २२ गते) सम्म नेपालभर लागू हुनेगरी रुट परमिट खुला गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।
तर विशेष परिस्थितका कारण निषेध गरिएका सार्वजनिक सवारीलाई भने बन्देज नै गरिएको विभागले जनाएको छ । त्यस्तै, बुटवल-नारायणघाट सडक खण्डको दाउन्ने क्षेत्रमा दसैँ अवधिभर ठुला मालवाहक सवारी (१२ चक्के वा सोभन्दा माथि) सञ्चालन नगर्ने तर खाद्यान्न लगायतका अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीलाई भने निरन्तर सञ्चालन गर्न दिइने समेत विभागले जनाएको छ ।
Jantedhunga
saturday 20 sep 2025
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो