" मुन्दुमि मिथक तयामा खियामा "
किरात मुन्दुम अनुसार अग्रज पुर्खाहरुको मुखबाट सुनिएको लेखिएका मिथकहरु धेरै थरि किरात भाषाहरुमा आ-आफ्नो फरक-फरक नामले चिनिए पनि वास्तविक पात्रहरु दुई दिदी बहिनिहरु हुन् । जंगली युग बाट कृषि युगमा प्रवेश गराउने कपड़ा आविष्कारक र अन्न उत्पादन अनुसन्धान कर्ता सुनिल्याएको नाम हाम्रा किरात वंश हेच्छाकुप्पा र दुई चेलीहरु दिदिबहिनि हुन ।
दिदी = तयामा ( ज्ञानि )
बहिनी= खियामा ( झगडा गरिरहने )
आज दिदिबहिनी मिथक छोटकरीमा :
खोटाङको तुवाचुङ डाडामा दुई दिदी बहिनी तयामा र खियामा अनि भाइ हेच्छा कुप्पा खाने कुरा खान नपाए पछि भोकाएर भाइ हेच्छा कुप्पा( हछा) लाई दिदिहरुले बिउझाउदा पनि नबिउझे पछि मृत्यु भएको भनी एउटा कर्द सिरानीमा राखेर केराको बिरुवा नजिकै रोपेर तितेपाती झ्यासझुसले छोपेर अन्तिम सस्कार गरेर बिरक्तिएर दिदी बहिनी बिपरित दिशा तर्फ छुट्टीएर गएका थिए ।
छुट्टीएर जादा दिदी तयामाले बहिनी खियामालाई कबैबुङ बिरुवा चिनो दिएको थियो भने बहिनी खियामाले दिदी तयामालाई लिम्चिङबुङ बिरुवा दिएको थियो । त्यो कवैबुङ र लिम्चिङबुङ एक अर्कामा दिनुको अर्थ यो थियो कि उनिहरु विपरीत दिशा र स्थान तर्फ छुट्टीएर गए पछि एक अर्कामा स्वस्थ कि छैन, जिवित छ कि छैन, भन्ने जानकारी पाउनु थियो ।
यदि जस्ले दिएको बिरुवा ओइलिन्छ मर्छ उ दिने चै अशुभ घटना मृत्यु भएको संकेत हुने मान्यता थियो । यसैगरी एक आपसमा सम्झौता गरेर पुन भेट् हुने बाचा गर्दै दिदि तयामा उत्तर पहाड तर्फ र बहिनी खियामा तराई तर्फ बिदा लिएर गए ।
यति मात्रै होइन त्यो एउटा प्राकृतिक शक्तिको युग थियो । जुन बेला मानिसहरु चराचुरुङी जीव जन्तुको भाषा बुझ्थे दोहोरो बोल्थे रे अनि यति शक्ति थियो कि आफुलाई जे बन्न चाहाना हुन्थ्यो मुन्दुम रिसिया बखान गरेर आफ्नो स्वरूप परिवर्तन गरेर इच्छा अनुसार कार्य गर्न सक्ने शक्ति प्राप्त थियो भन्ने कुरा बुढापाका पुर्खाहरु बाट सुनिन्छ ।
त्यसै गरि मुन्दुम रिसिया बखान गरेर दिदी तयामाले बहिनी खियामालाई कवैबुङ दिएर आफू (हङ्रारायो चरा) मा स्वरुप परिवर्तन गर्यो, त्यसै गरि बहिनी खियामाले लिम्चिङबुङ दिदी तयामालाई दिएर (धनेश चरा) मा स्वरुप परिवर्तन गरे पछि दुबै जना तुवाचुङ बाट बिदा भएका थिए भनिन्छ ।
दिदि तयामा (हङ्ररायो) चरा बनेर पहाड तिर उडेर गईन भने बहिनी खियामा (धनेश) चरा बनेर तराई तर्फ उडेर गईन । यसैले आज पनि यो मान्यता छ, हङरायो दिदी हुन भने धनेश बहिनी हुन भनिन्छ ।
यसरी दुवै दिदी बहिनी छुट्टीएर गएको धेरै बर्ष पछि । अचानक दिदी तयामाले दिएको (कवैबुङ ) ओइलिन थाल्यो ,र बहिनी खियामा को मनमा चिसो पस्यो चिन्ता भयो ।त्यो कवै फुल पुर्ण रूपमा मर्यो सुक्यो । बहिनि खियामा दिदिको अवस्था बुझ्न पहाड तिर लाग्यो धेरै ठाँउ भौतारियो सबै तिर खोज्दा खोज्दा थकित भैसकेको थियो ।
वास्तवमा दिदी तयामालाई त्यही पहाडी जङ्गलमा बस्ने एउटा राक्षसले मारेर खाईसकेको रहेछ। उक्त दिदी तयामाको हाडखोरहरु लाटकोसेरो ले देखाई दियो । त्यस पछि दिदिको हड्डीहरु, टाउको, सबै भेला पारेर केराको पात (तुप्ला) माथी राखेर ,बहिनी धनेश रुपि खियामाले दिदिले दिएको मरेको (कवैबुङ) छुवाउदै, सोल्यन्वा (चिण्डाे) बाट चोखो पानी मर्चा,कोदो भरेको मुन्दुम रिसिया बखान गर्दै गैइन । तब बिस्तारै मरेको कवैबुङ हरियो हुँदै जागेर आयो । यसरी धेरै बेर पछि तयामा दिदिको पुन स्वरुप जिबित प्राप्त भयो ,र निदाएर बिउँझेको जस्तो महसुस गर्दै भनीन "बहिनी म त कति लामो भुसुक्कै निदाएछु त आएको पनि थाहा नै पाइन कति खेर आइस ? "
बहिनीले रुदै भनिन :-
" दिदी तलाई राक्षसले खाएको थियो,"
भनेर सबै कुरा भने पछि दिदी तयाम रुदै बहिनी खियामा लाई अङ्कमाल गर्दै बेस्सरी दुबै जना रोए अनि फेरि सम्झौता गर्दै बहिनी खियामा (धनेस) तराई तर्फ झरिन ।दिदी तयामा हङरायो पहाड मै बसिन ।
त्यसैले आज पनि किरातका पुर्खाहरु यसो भन्ने गरेकाछन "यदि तराईको कवैबुङ र पहाडको लिम्चिङबुङ एक दिन भित्र तराई र पहाड बाट ल्याएर हरियो मै भेट् गराउन सकेमा ती दुबै फुल रुन्छन रे आँसु झार्छन रे" भन्ने मिथक पुरानो किरात इतिहास पुस्तक लेखक श्री बम ब राई ले भन्नु भएको छ।
यो किरात मिथक अनुसार किरात महान चित्रकार श्री Deven Dewan ज्यु बाट अझ मार्मिक स्पष्ट प्रस्तुति दिनु भएको छ ।
उहाँलाई सुम्निमा पारुहाङ पितृहरुकको आशिर्वाद साथै धन्यवाद दिन चाहान्छौ ।
जय किरात मुन्दुमि सेवा 🙏🙏
स्रोत : किरात मुन्दुम अध्ययन केन्द्र नेपाल सुनसरी इटहरी ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो