चेलीबेटी बेचबिखन विरुद्ध "कुमारी आमा " बन्ने

Jantedhunga

काठमाडौ ।मानव अधिकार वातावरण संरक्षण तथा सन्चार केन्द्र "हुरेक" नेपालले चेलीबेटी वेचबिखन तथाओसारपसार विरुद्ध जनचेतना जगाउने उदेश्यले "कुमारी आमा" टेलि चलचित्र निर्माण गर्ने भएको छ।                          अस्ट्रेलिया ,युरोप अमेरिका जस्ता विकसित मुलुकहरुमा अध्ययन,रोजगारी र डिपेन्डेन्ट भिसाको प्रलोभनमा पारी खाडी मुलुकमा घरायसी कामदार  र केन्या,तान्जानिया जस्ता मुलुकका डान्स बारमा बेचिएका नेपाली चेलिबेटीको कथा चलचित्रमा  समेटिएको संस्थाका अध्यक्ष रवि किरण ले जानकारी दिएका छन।                                      नेपाली चेलीबेटीहरु परंरागत रूपमा विभिन्न प्रलोभनमा पारी भारतीय सहरहरूमा बेचिने गरेकोमा मानव तस्करहरूले विवाहको प्रलोभनमा पारी चीन र दक्षिण कोरिया लगायत मुलुकहरूमा यौन दासीको रूपमा बिक्री गर्ने गरेको बिषय समेत चलचित्रमा समेटिने छ।                  विभिन्न बहानामा हुने मानव तस्करी तथा ओसारपसार  र ,चेलीबेटी बेचबिखनको बिषयमा अध्ययन अनुसन्धान गरि तयार पारिने कथाको आधारमा निर्माण हुने टेलि चलचित्र लोकप्रिय टेलिभिजन तथा युट्युब च्यानल मार्फत विश्वव्यापी प्रदर्सन गरिने बताइको छ।                                  नेपालको ग्रामीण  क्षेत्र र काठमाडौ सहित ,भारत,थाइल्यान्ड ,दक्षिण कोरिया,हङकङ ,यूरोपियन मुलुक अस्ट्रेलिया र अमेरिका लगायत मुलुकमा समेत छायांकन हुने टेलि चलचित्रको छायांकन  यसै हप्ता बाट सुरुहुने परिकल्पनाकार तथा निर्देशक गजेन्द्र तमु ले जानकारी दिएका छन।

Jantedhunga
प्रतिक्रिया