खोटाङ। दिप्रुङ चुइचुम्मा गाउँपालिकाले नेपालीहरुको महान चाड बिजया दशमी, शुभदिपावली तथा छठ पर्वको अबसरमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ। असोज २८ गते गाउँपालिका अन्तर्गतका जनप्रतिनिधि, पुर्व जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी शिक्षा प्रेमी, बुद्दिजिवी, शिक्षक, कर्मचारी लगाएतलाई आमन्त्रण गरि गाउँपालिकाले सास्कृतिक कार्यक्रम सहित शुभकामना आदान-प्रदान कार्यक्रम गरेको हो।
शुभकामना आदानप्रदान कार्यक्रम पुर्व संविधान सभा सदश्य तथा कोशी प्रदेशका पुर्व सामाजिक विकास मन्त्री मा.उषाकला राईको प्रमुख आथित्य र गाउँपालिका अध्यक्ष लोकेन्द्र राईको अध्यक्षतामा सम्पन भएको हो। कार्यक्रमको संचालन बिध्यालय निरीक्षक रणशेर तामाङ र शिक्षक मुकेश गेलालले गर्नु भएको थियो भने बिध्यालय निरीक्षक तुलसी खड्काले स्वागत मन्तब्य राख्नु भएको थियो।
कार्यक्रममा विशेष अतिथिको रुपमा नेकपा एमाले जिल्ला कमिटी खोटाङका अध्यक्ष राम प्रसाद दंगालको उपस्थिति रहेको थियो। भने अतिथिका रुपमा पुर्व जिल्ला समन्वय समितिका सदस्य चर्च बहादुर बिश्वकर्मा, सातै वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरु, गाउँपालिका कानुनी सहल्लाकार तथा अधिबत्ता ओम प्रकाश घिमिरे, जनप्रतिनिधिहरु, राजनितिक दलका प्रतिनिधि, विभिन्न कार्यालयका कार्यलय प्रमुख,समाज सेवी, बुद्दिजिवी, शिक्षा प्रेमी, शिक्षक, कर्मचारी, कानुन ब्यबसायी, पत्रकार, बिध्यार्थी लगाएतको भब्य उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथी उषाकला राई, विशेष अतिथी राम प्रसाद दंगाल, गाउँपालिका उपाध्यक्ष अरुणा थापा मगर, बुद्धिजिवि तथा समाज सेवी केशवराज कार्की, वडा नं. १ का वडाध्यक्ष केशव कुमार खत्री, वडा नं. २ का वडाध्यक्ष बद्री कटुवाल, वडा नं. ३का वडा अध्यक्ष भुपेन्द्र बस्नेत, वडा नं. ४ को वडाध्यक्ष बबेन्द्र राई, वडा नं. ५ का वडाध्यक्ष डम्बर बहादुर खड्का, वडा नं. ६ का वडाध्यक्ष मिलन राई, वडा नं.७ का वडाध्यक्ष गन्धमान थापा मगर तथा जनप्रतिनिधिहरु विभिन्न कार्यालय तथा शाखाका प्रमुखहरु, विभिन्न बिध्यालका प्र.अ. तथा प्र.अ. प्रतिनिधिहरु तथा अन्य अतिथिहरुले देश बिदेशमा रहनु हुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई सुख, शान्ती र समृद्धि कामना गर्दै दशै, तिहार र छठ पर्वको शुभकामना ब्यक्त गर्नुभयो।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि उषाकला राइले हाम्रो देश बहुजातीय, बहुभाषिक र बहु सास्कृतिक देश भएको र चार्डपर्वहरुले शान्ति, सद्भाव,एकता र सहिष्णुताको बिकास गरि राष्ट्रिय एकताको सुत्रमा सबै नेपालीहरुलाई एकाकार गरोस भन्दै सबै चाडपर्वहरुका लागि शुभकामना ब्यक्त गर्नु भयो।
यसै गरि कार्यक्रमका विशेष अतिथीको रुपमा संबोधन गर्दै नेकपा एमाले जिल्ला कमिटी खोटाङका अध्यक्ष रामप्रसाद दंगालले चाडपर्वहरुको नाममा भएका बिकृती, बिसंगतीहरुलाई हटाएर युग सुहाउँदो असल संस्कारको बिकाश गरि चाडपर्व मनाउन आह्वान गर्दै सबै नेपाली दाजुभाइ तथा दिदी बहिनीमा सुख, शान्ति र समृद्दीका लागि शुभकामना ब्यक्त गर्नु भयो।
कार्यक्रममा ११ वटा बिध्यालयहरुका बिध्यार्थीहरुले सास्कृतिक कार्यक्रम अन्तर्गत नृत्य प्रस्तुत गरेका थिए। सास्कृतिकमा कार्यक्रममा सहभागी हुने बिध्यालयहरुलाई प्रती बिध्यालय रु.३०००। प्रोत्साहन पुरस्कार बितरण गरिएको छ।
कार्यक्रममा समापन मन्तब्य राख्दै गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले चाडपर्वहरु अनाबश्यक भद्दा र भड्किलो नभइ हर्ष र उल्लासका साथ सुरक्षित, मर्यादित ब्यबस्थित तबरले मनाउन सन्देश दिदै आम दिप्रुङ चुइचुम्माली तथा देश, बिदेशमा रहनु भएको सबै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई सुख,शान्ती र सम्मृदी शुभकामना ब्यक्त गर्दै कार्यक्रम समापन गर्नु भयो।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो