”ग्रासरुट क्रिकेटको विकास,अब खेल्ने छ पर्वत”: पर्वतमा इन्टर स्कुल टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु

Jantedhunga

पर्वत ।”ग्रासरुट क्रिकेटको विकास , अब खेल्ने छ पर्वत” भन्ने मूल नाराका साथ पर्वत  क्रिकेट संघको आयोजनामा आज देखि इन्टर स्कुल टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ।                                                        आजको उद्घाटन खेलमा नारायण मावि कुस्माले राष्ट्रिय बाल शिक्षा सदन कुस्मालाई १७१ रनको फराकिलो अन्तरले पराजित गरेकोछ। टस हारेर पहिलो ब्याटिङमा उत्रेको नारायण माविका लागि ओपनर सचिन गिरीले नटआउट १२७ रन लिन सफल भए। ८३ बलको सामना गरेका गिरीले २० चौका र दुई छक्काको मद्दतले १२७ रनको योगदान गरे। त्यसैगरी दिपेश क्षेत्रीले १९ रनको योगदान पुर्‍याउँदा निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै नारायण माविले २१० बनाउन सफल भएको थियो ।                                  खेलमा  बलिङतर्फ राष्ट्रिय बाल शिक्षा सदनका रोहित परियारले २ , अनुष बिक , आयुष ज्ञवाली, संगम क्षेत्रीले समान १-१ विकेट लिन सफल भएका थिए।२११ रनको लक्ष्य पछ्याउने क्रममा राष्ट्रिय बाल ३९ मा सिमित बन्यो।                                                                        राष्ट्रियबाल संगको सहज जितमा नारायण माविका आकल्प श्रेष्ठले ४ , कप्तान विपिन क्षेत्रीले ३ र अर्पित गिरीले एक विकेट लिन सफल भएका थिए।                                 उक्त खेलमा नारायणमाविका ओपनर ब्याट्सम्यान सचिन गिरी डाइमण्ड जेनरल स्टोर्स म्यान अफ द म्याच घोषित भए।

त्यसैगरी आजै सम्पन्न दोस्रो खेलमा आइबल एकेडेमीले नवजागृत मावि माथि ६ विकेटको जित निकाल्न सफल भएको छ।  टस हारेर पहिलो ब्याटिङ गरेको नवजागृतले ११.२ ओभर खेल्दै जम्मा ३३ रन मा समेटिएको थियो। 

आइबल एकेडेमीका कप्तान प्रदिप अधिकारीले ३ ओभरमा १४ रन दिएर पाँच विकेट लिन सफल भएका थिए भने आयुष अधिकारीले ३ विकेट लिन सफल भएका थिए।

३४ रनको लक्ष्य पछ्याउने क्रममा आइबल एकेडमीले १३ रन खेल्दै चार विकेटमा लक्ष्य हासिल गरेको थियो। नवजागृतको लागि सुदीप शर्माले दुई र प्रदिक क्षेत्री र दिवस लामिछानेले समान एकएक विकेट लिन सफल भएका थिए। 

उक्त खेलमा पाँच विकेट लिएका आइबल एकेडेमीका कप्तान प्रदिप अधिकारी डाइमण्ड जेनरल स्टोर म्यान अफ द म्याच घोषित भएका छन्। 

पर्वत क्रिकेट संघ आयोजनामा पाँच दिनसम्म चल्ने पर्वत जिल्ला इन्टर स्कुल टिट्वान्टी क्रिकेट प्रतियोगितामा पर्वत जिल्लाका ११ वटा स्कुलहरुले सहभागिता जनाएका छन्। उक्त प्रतियोगितामा पहिलो र दोश्रो हुनेले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। 

नकआउट चरणमा खेलाइने प्रतियोगिताको पहिलो खेल भोलि बिहान गुरुकुल एकेडेमी र माटेदेबल र दोस्रो खेल कालीगण्डकी एकेडमी र सरस्वती बीच हुने पर्वत क्रिकेट संघ का सचिव दिपेन्द्र शर्माले बताए।

Jantedhunga
प्रतिक्रिया