६१ किलो सुन तस्करी प्रकरणमा २५ जनालाई थुनामा पठाउन आदेश

Jantedhunga

काठमाडौँ, जिल्ला अदालत काठमाडौँले ६१ किलो सुन तस्करी गरेको आरोपमा पक्राउ परेका २५ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

 आज न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले  उक्त प्रकरणमा २५ जनालाई थुनामा पठाउने र रुक्मिना सुब्बालाई रू पाँच लाख धरौटी लिएर छाड्न आदेश दिएको हो ।                                      तस्करीमा संलग्न रहेको अरोपमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान पश्चात् २९ जनामाथि मुद्दा चलाउन जिल्ला  सरकारी  वकिल लाई सिफारिस गरेको थियो। 

Jantedhunga
प्रतिक्रिया