शुभशेर राई स्मृति सभा सम्पन्न ।

Jantedhunga

दिक्तेल। नेपाल राष्ट्रीय शिक्षक  संगठन जिल्ला समिति खोटाङ का पुर्ब अध्यक्ष तथा शिक्षा सेवी शुभशेर राईको स्मृतिमा छोरा देब बिक्रम राइको पहलमा स्थापित 'शुभशेर राई स्मृति प्रतिस्ठान' ले स्वर्गिय राईको दोस्रो स्मृति दिवस को अवसर पारेर खोटाङ जिल्लाको शैक्षिक बिकास को लागी बिभिन्न छेत्र बाट योगदान पुर्याउने ब्यक्तित्व हरुलाइ सम्मान तथा  पुरस्कृत गरेको छ।           प्रदेश सभा सदश्य पाचकर्ण राइ(पिके) को प्रमुख आतिथ्यतामा आज सदरमुकाम मा आयोजित एक कार्यक्रम बिच उत्कृष्ट प्रधानध्यापक सम्मान बाट चिसापानी माबि का प्रधानाध्यापक रामबहादुर राउत, दिर्घ शिक्षण सेवा सम्मान बाट शान्ति निकेतन मिनाकर्ण माबि का शिक्षक नानिबाबु बस्नेत, उत्कृस्ट शिक्षक नेतृत्व तर्फ केशब कार्कि ,देबि रिजाल र जयप्रसाद आचार्य  तथा उत्कृष्ट बिध्यालय ब्यवस्थापन समिति अध्यक्ष सम्मान बाट सिदेश्वरी माबि का ब्यवस्थापन समिति अध्यक्ष मिनराज राइ सम्मानित भएका छना। नगद  ५५ हजार ५ सय ५५ सहित सरस्वती माबि का शिक्षक डिकबीर राइ उत्कृष्ट शिक्षक पुरस्कार बाट पुरस्कृत भएका छन।                                               स्वर्गिय शुभसेर राईका परिवारका सदश्य हरुको बार्षिक आम्दानी को ०.५ प्रतिशत ले जम्मा हुने एकमुस्ट  रकम ७८ हजार रुपैयाँ   परिवार को तर्फ बाट र नेपाल रास्ट्रीय शिक्षक संगठन लिल्ला समितिको तर्फबाट ५० हजार रुपैयाँ प्रतिस्ठान लाइ हस्तान्तरण गरिएको थियो

Jantedhunga
प्रतिक्रिया