ऋषितर्पणीबारे संक्षिप्त प्रसङ्ग

Jantedhunga

ऋषितर्पणीबारे संक्षिप्त प्रसङ्ग  

ताेयराज नेपाल 

२०८०/५/१२

 श्रावणशुक्ल पूर्णिमालाई  ऋषितर्पणी  पूर्णिमा भनिन्छ । यस दिन जनै लगाउने  जति सबैले  नित्य कर्म समाप्त गरेपछि गुरु शिष्य सबै मिलेर  नदी जलाशयमा गएर  सङ्कल्पपूर्वक श्रावणी स्नान गर्नुपर्छ।  धेरै जना मिलेर गरिने स्नान भएकाे हुँदा यसलाई गणस्नान पनि भनिन्छ तर-- ´´सङ्क्रान्तौ ग्रहणे चैव  सूतके मृतके S पि वा ।  

गणस्नानं न कुर्वीत नारदस्य वचाे यथा।`` अर्थात्  सङ्क्रान्ति , ग्रहण  , सूतक र जुठामा  याे स्नान गर्न निषेध छ,  भन्ने  नारदकाे वचन छ। यसमा दश किसिमकाे स्नान गर्नुपर्दछ । जाे यस प्रकार छन् ।-- 

´´भस्म- गाेमय- मृद्-वारि-गाेमूत्रं गाेमयं पयः ।

दध्याज्यं दर्भ  इत्येते  विहिताः क्रमशाे दश।।``

  ( ´´दध्याज्यं दर्भ-मन्त्राश्च  विहिताः क्रमशाे दश।। इति पाठन्तरम् ।

अर्थात्  १-भस्म स्नान ( खरानी दलेर स्नान गर्ने)२-गाेमय (गाेबर)  ३-मृद् (माटाे)  ४-वारि (पानी)५-  गाेमूत्र ( गहुँत) ६- पयः गाईकाे दूध , ७- दधि  ८- आज्यम् (घिउ)   ९-दर्भ (कुश)  र   १०-मन्त्रसमेत गरी दश  किसिमका स्नान हुन्छन् । स्नान पछि  भस्म, चन्दन आदि धारण गरेर स्नानाङ्ग तर्पण गर्नुपर्छ। अनि सूर्याेपस्थान, सन्ध्यावन्दनादि सकेर  उपाकर्म गर्नुपर्छ ।--

´´श्रावण्यां प्रौष्ठपद्यां वा Sप्युपाकर्म यथाविधि। युक्तश्छन्दांस्यधीयीत  मासान् विप्राेSर्धपञ्चमान्``।

मनुः ।

   ´´सम्प्राप्ते  श्रावणस्यान्ते  पौर्णमास्यां दिनाेदये ।

  स्नानं कुर्वीत मतिमान् श्रुतिस्मृतिविधानतः।। 

उपाकर्मादिकं प्राेक्तमृषीणाञ्चैव तर्पणम्। 

शूद्राणां मन्त्ररहितं स्नानं दानं च शस्यते ।

उपाकर्मणि कर्तव्यमृषीणाञ्चैव पूजनम्।।``  भविष्यपुराण। 


´´ श्रावण्या प्रौष्ठपद्या वा प्रतिपत्  षड्मुहूर्तकैः।विद्धा स्याच्छन्दसां तत्रोपाकर्त्सर्जनं  भवेत्।।`` (निर्णयसि• चूडामणि- २२९)


 अथ यजुर्वेद्युपाकर्मनिर्णयः -- 

पौर्णमास्याः खण्डत्वे यदा पूर्णिमा  मुहूर्ताद्यनन्तरं प्रवृत्ता  द्वितीयदिने  षड्मुमुहूर्तव्यापिनी  तदा सर्वयाजुषाणामुत्तरैव।

पूर्वदिने मुहूर्ताद्यनन्तरं प्रवृत्ता द्वितीयदिने मुहूर्तत्रयादिव्यापिनी षड्मुहूर्तन्यूना  तदा तैत्तिरीयैरुत्तरा ग्राह्या , 

तैत्तिरीयभिन्नयाजुषैः पूर्वा ग्राह्या ।

 (धर्मसिन्धु सुधा-  १२२)

अथ काण्वमाध्यन्दिनोपाकर्म

निर्णयः --

तिथेः खण्डत्वे  षड्मुहूर्ताधिक्ये  षड्मुहूर्तन्यूनत्वे पूर्वा ग्राह्येत्यादिः। (ध•सि•-१२३)

 २ दिन पूर्णिमा हुँदा ६ मुहूर्त भन्दा बढिभए भोलिपल्ट कमी भए अघिल्लादिन  चतुर्दशीकादिन  उपाकर्म गर्नुपर्दछ।

अर्थात् उपाकर्म भनेकाे  वेदाध्ययनकाे आरम्भकाे उत्सवय हाे। याे कर्म आजबाट आरम्भ गरेर साढे पाँच महिना सम्म प्रत्येक दिन   आआफ्ना शाखाका वेद  अध्ययन गर्दै  अन्त्यमा पौष  वा माघमा  राेहिणी नक्षत्र परेका दिन  नदीतटमा गएर विधि पूर्वक  उत्सर्जन  अर्थात्  अध्ययन समाप्तिकाे उत्सव गर्नुपर्दछ।  आजैका दिन अरुन्धती सहित कश्यपादि सप्तर्षिहरूकाे पूजा पनि गर्नुपर्दछ।   सप्तर्षिहरू यसप्रकार छन् -- १- कश्यप  २-अत्रि ३- भरद्वाज  ४- विश्वामित्र  ५- गौतम ६- जमदग्नि  २-वसिष्ठसमेत सप्त ऋषि  र अरुन्धतिकाे पनि पूजा गर्नुपर्दछ।  अनि रुद्राभिषेक गर्नुपर्दछ।त्यसपछि ऋषिलाई तर्पण पनि गर्नुपर्दछ। ऋषिलाई तर्पण गर्ने पर्व भएकाेले यस पर्वकाे नाम नै ऋषितर्पणी पूर्णिमा भनिन्छ। आजै   यज्ञाेपवीतकाे( जनैकाे) संस्कार गरी यज्ञेपवीत धारण गर्नुपर्दछ ।

यज्ञाेपवीतसंस्कारमा  पहिले तन्तुदेवताकाे  आवाहन  गरी पूजा गर्नुपर्छ ।तन्तुदेवताहरू यस प्रकार छन् -- १-ॐकार २- अग्नि३- सर्प (नाग) ४- साेम, ५-पितृ ६-प्रजापति ७-अनिल (वायु)  ८- यम र ९- विश्वेदेवहरू रहन्छन्।  तिनकाे आवाहन गरी पूजा  गर्नुपर्छ।  त्यसपछि ग्रन्थि (शिखा)मा तीन देवताकाे   १-ब्रह्मा  २-विष्णु  र  ३- रुद्र-काे  आवाहन  र पूजा गर्नुपर्दछ।  त्यस पछि ऋषिश्राद्ध गर्ने विधान छ।  यो श्राद्ध नगर्दा प्रत्यवाय(पाप) नलाग्ने र गर्दामा फलातिशय हुने श्राद्ध भएकोहुँदा  गर्नेलाई फलप्राप्ति हुन्छ भने नगर्नेलाई पाप लाग्दैन।

त्यस पछि  पितृलाई  र ब्राह्मणलाई यज्ञाेपवीत  अर्पण गरी आफुले धारण गर्नुपर्छ।  यज्ञाेपवीत धारण गर्दा पहिले आचमन गरेर विनियाेग गर्नुपर्दछ । ॐयज्ञाेपवीतमितिमन्त्रस्य  परमेष्ठी ऋषिः लिङ्गाेक्ता देवता श्रौतस्मार्तकर्मानुष्ठानसिद्ध्यर्थं नूतनयज्ञाेपवीतधारणे विनियाेगः। त्यसपछि  यज्ञाेपवीतलाई दुबैहातमा लिएर हातजाेडी दशपटक गायत्रीमन्त्रले अभिमन्त्रण गर्नुपर्दछ ।अनि तलकाे मन्त्र उच्चारण गरी यौटा एक्ले जनै लिएर दाहिने हात ठाडाे पारेर  पहिले हातबाट    छिराएर पछिशिरबाट   धारण गर्नुपर्दछ ।  मन्त्र यसप्रकार छन् --´´ॐ यज्ञाेपवीतं परमं पवित्रं प्रजापतेर्यत् सहजं पुरस्तात्। युष्यमग्र्यं प्रतिमुञ्च  शुभ्रं यज्ञाेपवीतम्बलमस्तु तेजः।। ॐयज्ञाेपवीतमसि यज्ञस्य त्वा  यज्ञाेपवीतेनाेपनह्यामि।। `` इति ।

त्यसपछि अर्को एक्ले जनै लिएर पहिले जस्तै गरी  पहिले दाहिने  हातबाट र पछि  शिरबाट छिराउनुपर्दछ।अनि पुरानु यज्ञाेपवीत निकालेर त्याग गर्नुपर्दछ।पुरानो  जनै त्याग गर्दा याे मन्त्र पढ्नुपर्छ।--  एतावद्दिनपर्यन्तं ब्रह्मत्वं धारितं मया। जीर्णत्वात्तत्परित्यागाे  गच्छ सूत्र यथासुखम्।। इति। यसपछि आचमन गरेर यथाशक्ति गायत्री जप गरेर जप अर्पण गर्नुपर्दछ । अनेन  नवीनयज्ञाेपतीतधारणार्थे कृतेन  यथाशक्तिगायत्रीजपाख्येन कर्मणा भगवान् सूर्यनारायणः प्रीयतां  न मम। ॐ तत् सत् परब्रह्मार्पणमस्तु । 

यसै दिन रक्षाबन्धनकाे पूजा गरेर  धारण गर्नुपर्छ । यसकाे मन्त्र यस प्रकार छ।--

´´ येन बद्धाे बली राजा  दानवेन्द्राे महाबलः। तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल।। `` इति। ( बली राजामा राे रि  सूत्रले दीर्घ भएकाे हाे) ।

यसदिन  विभिन्न थरीका गेडागुडीहरू  तीन  चार दिन अघि नै भिजाएर  उम्रेपछि  क्वाँटी बनाई  पकाएर खाँदा  वर्षाकालमा लागेकाे चिसाे  जान्छ भन्ने पनि प्रचलन छ। याे प्रचलन विशेष गरी नेवारजातिमा बढि छ ।

ॐ हरये नमः।।

Jantedhunga
प्रतिक्रिया