सुनसरी। २०८० साल भाद्र ५ गते, औरावनी गढी गाउपालिकामा दोस्रो चरणकाे स्वास्थ्यकर्मीहरुको लागि आयोजना गरिएको तीनदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । सेभ द अर्थ सुनसरीद्वारा सञ्चालित विश्वास परियोजनाको आयोजना गढी गाउँपालीकाको समन्वय र फेयरमेड (FAIRMED) संस्थाको सहयोगमा सम्पुर्ण स्वास्थ्यकर्मीहरुको लागि क्षमता अभिवृद्धिका लागि उपेक्षित उष्ण प्रदेशीय रोगहरु सम्बन्धि तीनदिने आधारभूत तालिम सम्पन्न भएको हो ।
उष्ण प्रदेशिय रोगहरुको स्क्रिनिङ, पहिचान, उपचार तथा प्रेषण सम्बन्धि क्षमता अभिवृद्धी कार्यक्रम (Basic NTDs package Training) तथा पुनः ताजगी तालिम अन्तर्गत हाल नेपालमा एकीकृत रुपमा उष्णप्रदेशिय रोगको स्क्रीनिंग पहिचान, उपचार रोगको छुट्टा छुट्टै रही आएको छ । यस परियोजनाले नेपालमा पाईने सबै उपेक्षित रोगहरुको एकिकृत पाठ्यक्रम र प्रेषण हरेक तयार पारेर स्वास्थ्यकर्मीहरुको उपेक्षित रोगको पहिचान देखि प्रेषण सम्म गर्न सक्षम बनाउनका लागि आयोजना गरिएको कार्यक्रम उपयोगी साबित भएको आयोजक सेभ द अर्थ सुनसरी संस्थाको भनाइ छ ।
स्वास्थ्यकर्मीहरुको उपेक्षित रोग सम्बन्धि क्षमता अभिवृद्धी, स्थानिय स्वास्थ्य संस्थाबाट उपेक्षित रोग सम्बन्धि स्वास्थ्य सेवा प्रदान गर्न कार्यक्रम फलदायी भएको सहभागीहरुले बताएका छन् 3 दिनआयोजना गरिएको सो तालिममा स्थानिय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरू र स्थानीय निकायमा काम गर्ने अन्य सम्पूर्ण स्वास्थ्यकर्मीहरु सहभागिता गराई प्रशिक्षण गरिएको थियो । स्वास्थ्यकर्मीहरुलाई सहभागी गराई प्रशिक्षकहरू डा. रिजवान अन्सारी, शम्भु प्रसाद शाह , प्रितम कुमार गुप्ताले प्रशिक्षण दिएका थिए ।
सो तालिममा उल्लेखि १० प्रकारका रोगक बिषयमा प्रशिक्षण दिइएकोथियो १)कुष्ठरोग (Hansens Disease /social Disease)
२)हात्तीपाइले रोग (Lymphatic filariasis), ३)माटोबाट सर्ने जुका (Soil-Transmitted Helminthes),
४)डेंगी (Dengue) र चिकनगुनिया (Chikunguniya),
५)रेबिज (Rabies),
६)सर्पदंश (snakebite Envenoming),
७)लुतो (Scabies and other Ectopprasite ), ८)कालाजार (Leishmaniasis / kala-azar), ९)फिते जुका (Taeniasis / cystricercosis), १०)खस्रे रोग (Trachoma)
रोग लाग्ने कारण बच्ने उपाय र अपनाउनुपर्ने सावधानी बारे विस्तृत रूपमा जानकारी गराइएको थियो ।
सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराईको अध्यक्षता एवं गढी गाउँपालीका अध्यक्ष आश नारायण चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो तालिममा उपाध्यक्ष अनिता कुमारी साह, निमित्त प्रमुख प्रशासकीय अधिकृत छवि खड्का लगायतको उपस्थिति रहेको थियो ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो