रमेश लुइँटेल, बैशाख २० काठमाडौ/ भृकुटीमण्डपमा १७ औ अन्तर्राष्ट्रिय औधोगिक व्यापार मेला तथा महोत्सव आयोजना हुने भएको छ । मुलुकभरका उधमीद्वारा मुलुकमा उत्पादन भएका वस्तुहरुको प्रदर्शनी गरिने भएको छ । महोत्सवको मुख्य नारा "खोजौ नेपाली, रोजौ नेपाली" र नेपाली वस्तु प्रयोग गरौ, नेपाली भएकोमा गर्व गरौ" भन्ने रहेको छ ।
युवा पुस्तालाइ उधमि बन्न प्रोत्साहित गर्ने उदेश्य रहेको महासंघको भनाइ रहेको छ । यसपटकको प्रदर्शनीमा ५ र्राष्ट्रिय मह मेला पनि संचालन हुने भएको छ । प्रदर्शनीमा नेपालका सवै प्रदेश र जिल्लाका उधमिहरु, उपयुक्त प्रविधि प्रयोगकर्ताहरु र भरत, पाकिस्तान, बाङ्लादेश लगायत सार्क मुलुक तथा टर्कीको समेत सहभागी रहने भएको छ । प्रदर्शनीमा २५० वटा स्टलको ब्यवस्था हुने र २ लाख भन्दा बढी अवलोकनकर्ताहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ भने ७ करोड भन्दा बढिको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको महासंघको दाबी रहेको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघले पत्रकार सम्मेलन गर्दै यहि बैशाख २६ गतेबाट बैशाख ३० गते सम्म महोत्सव चल्ने भएको छ । महोत्सवमा नेपालमा उत्पादित बस्तु काठ, ढुङ्गा, धातु कला, सेरामिक्स, भाडाकुडाहरु बाँस, बेतवास आदिबाट निर्मित सजावटका सामानहरु, गलैँचा, राडिपाखी पश्चिमनाका वस्तुहरु तथा अन्य ऊनि कपडाहरु, अल्लो, लोक्ता,जुट,र अन्य परंरागत तरिकाबाट प्रसोधित अन्य धेरै औधोगिक वस्तुहरु प्रदर्शनि गरिने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा हुने मेलाको सह-आयोजकको रुपमा नेपाल सरकार, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु घरेलु तथा साना उद्योग प्रबर्द्धन केन्द्र, काठमाडौ महानगरपालिका, चन्द्रागिरी नगरपालिका, नेपाल मौरीपालक महासंघ र नेपाल मौरिपालन केन्द्रिय सहकारी संघ प्रा लि. प्रबर्द्धनका क्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्र, नेपाल पर्यटन बोर्ड, ललितपुर महानगरपालिका, व्यापार तथा निकासी प्रबर्द्धन केन्द्र रहेका छ्न भने मेलाको अफिसियल बैंक कृषि विकास बैंक, र्राष्ट्रिय बाणिज्य बैंक, सग सहकार्य रहने भएको छ ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो