दश दिनदेखि हराइरहेका डा. कोइराला को शब भेटियो।

Jantedhunga

झापा । दमक १ का डा. प्रज्वल कोइराला वेपत्ता भएको १० दिनपछि मृत अवस्थामा फेला परेका छन् । 
सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. २ कोशीको भंगालो छुटेर टापु बनेको क्षेत्रमा माछा मार्ने मान्छेले देखेर प्रहरीलाइ खवर गरे पछि गएर हेर्दा डा. कोईरालाको फोटोसंग मिल्दो जुल्दो भएको सुरक्षा वेश चतराका इन्चार्ज शसस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोक्काले जानकारी दिएका छन्।

शव धरानको बीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि पठाइएको छ । डा. कोइराला अघिल्लो आइतवार बेलुकी ड्युटी सकेर हिडेपछि वेपत्ता भएका थिए।भोलिपल्ट उनको गाडि चतराको पुल छेउ फेला परेको थियो ।
गाडी राखेको क्षेत्रमा लगाइएको सिसि क्यामेरा फुटेजमा उनि चतराको पुलमा यता उता गरेको र खोलामा टहलाएको देखिन्छ । कोईरालाको मोवाईल, जुत्ता र गाडी पुलमा फेला परेको थियो ।

प्रहरी श्रोतका अनुसार अन्तिम समयमा उनले प्रेमी भनिएकी एक युवतीसंग कुराकानी भएको र  ती युवतीसंग बयान लिँदा २ जनाबीच प्रेम भएको समेत पाईएको थियो।सीसी क्यामेरा फुटेज, मोवाइल कल डिटेल्स र ति युवतीसँगको बयान समेतलाई आधार मान्दा डा. कोइरालाले कसैसँगको प्रेम सम्बन्ध सफल हुन नसक्ने अवस्था महसुस गरेर कोशीमा हाम्फालेर आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।


Jantedhunga
प्रतिक्रिया