अख्तियर अनुसन्धान आयोगले झापाको चन्द्रगढीमा २८ बिगाहा सरकारी जग्गा हिनामिना गर्ने १८७ जना बिरुद्द मुद्दा दायर गरेको छ । चन्द्रागडी झापाको तत्कालीन नापी अधिकृत रामदेव मण्डल सहित १८७ जना बिरुद्द मुद्दा दायर गरेको हो।
आयोगको अनुसार हाल दमक नगरपालिका १३ र १४ मा पर्ने बालुवाटारको रतुवा र दिपिनी खोला दोभानको सार्वजनिक जग्गा अतिक्रमण गरेको अभियोगमा मुद्दा दायर गरेको हो।
कित्ता नं. ७६०, ७६१, ७६२, ७७३, ७८३, ७८४, ७८६, ७८७, ७८८ र साबिक दमक "क" र "ख" बिचको मर्जिनका जग्गाहरु २०२१ सालको सुरुमा नापीमा सरकारी सार्वजनिक भएता पनि स्याबासी प्रक्रियाबाट जग्गा दर्ता गरेको आयोगले जनाएको छ ।
आयोगका अनुसार मिलेमतोमा २८ बिघा, १७ कठ्ठा १३ धुर जग्गाको न्युनतम मूल्य ४१ करोड ६२ लाख, १९ हजार, आठ सय एक रुपैयाँ रहेको छ ।
Jantedhunga
sunday 25 feb 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो