१० महान ऋषिहरु जसले विश्वलाई अनुपम देन दिए ।

Jantedhunga

१० महान ऋषिहरु जसले विश्वलाई अनुपम देन दिए ।

===================================

वेद: ज्ञान र विज्ञानको अनुपम ग्रन्थ हो । यसमा ज्ञान विज्ञानका अनेकौं कुराहरु संग्रहित छन् । आधुनिक विज्ञान ती कुराहरुको खोजी गर्दैछ वेदमा पहिल्यै खोजी सकिएको छ । अहिले ऋषिमुनीहरुले पहिल्यै खोजेका कुराहरुलाई पश्चिमी देशका विद्वानहरु आफ्नो आविष्कार भनेर लेवल टास्नेकाम गरिरहेका छन् ।

हिन्दुहरुका प्राचिन ग्रन्थहरुमा उल्लेख भै सकेका विज्ञान र धर्मका कुराहरु यसै भूखण्डबाट अरबको बाटो हुँदै यूनान पुग्यो र यूनानिहरुले यो ज्ञानबाट जे जति आविष्कार गरे र सिद्धांत बनाए त्यसैबाट आधुनिक विज्ञानले सहयोग पायो । यहाँ १० बटा ऋषिमुनीहरु नाउ तिनले गरेको खोज सहित उल्लेख गरिएको छ ।

महर्षि कणाद :

=========

महर्षि कणाद परमाणु सिद्धांतका आविष्कारक हुन् । आधुनिक कालमा परमाणु बमको आविष्कारक जे. रोबर्ट ओपनहाइमर मानिन्छन । रोबर्टको नेतृत्वमा १९३९ देखि १९४५ सम्म धेरै बैज्ञानिकहरुले काम गरे पनि १६ जुलाई १९४५ को दिन यसको पहिलो परीक्षण गरियो र श्रेय इनैले पाए ।

हुनत परमाणु सिद्धांत र अस्त्रको पिता जन डाल्टनलाइ मानिन्छ तर ति भन्दा हजारौ बर्ष पूर्व ऋषि कणादले वेदमा उल्लेख गरिएको सूत्रहरुको आधारमा परमाणु सिद्धांतको प्रतिपादन गरेका थिए । यस कुरालाई पुष्टि गर्दै प्रख्यात इतिहासज्ञ टीएन कोलेबु्रकले लेखे अणुशास्त्रमा आचार्य कणाद तथा अन्य वैदिक शास्त्रज्ञहरु यूरोपीयन वैज्ञानिकहरुको तुलनामा विश्वविख्यात थिए ।

ऋषि भारद्वाज : 

==========

आधुनिक समयमा राइट बंधुलाइ वायुयानको आविष्कारक मानिन्छ तर भारद्वाज ऋषिले वेद अध्यन गरी वायुयान बनाउने शिद्धान्त पहिलानै प्रतिपादन गरिसकेका थिए । पुष्पक विमानको उल्लेख यसै कुराको प्रमाण हो ।महर्षि भारद्वाजले लेखेको विस्तृत शास्त्र विमान शास्त्रको नामले चिन्हीन्छ ।

ऋषि बौधायन :

=========

महर्षि बौधायन प्राचीन गणितज्ञ र शुल्ब सूत्र तथा श्रौतसूत्रका रचयिता हुन् । पाइथागोरस सिद्धांत भन्दा धेरै अघि महर्षि बौधायनले ज्यामितिय सूत्रको रचना गरेका थिए । आज विश्वमा यूनानी ज्या‍मितिशास्त्री पाइथागोरस र यूक्लिडको सिद्धांत मात्र पढ़ाइन्छ । ईसापूर्व २८०० बर्ष अघि बौधायनले रेखागणित, ज्यामितिका महत्वपूर्ण नियमहरुहोजी गरि सुत्रबद्ध गरेका थिए । त्यतिखेर यस भुखनड्मा रेखागणित, ज्यामिति या त्रिकोणमितिलाइ शुल्व शास्त्र भनिन्थ्यो ।

शुल्व शास्त्र कै आधारमा बिभिन्न किसिमको यज्ञवेदि बनाईन्थ्यो । दुइ समकोण बराबर भुजा भाको चौकोणको क्षेत्रफलको योग गर्दा जुन संख्या निस्कन्छ त्यति क्षेत्रफलको ‘समकोण’ समभुजा चौकोण बनाइ त्यस आकृति लाइ त्यसको क्षेत्रफल समान वृत्तमा परिवर्तन गर्ने सूत्र बौधायनले प्रतिपादन गरे ।

भास्कराचार्य : 

========

(जन्म- १११४ ई., मृत्यु- ११७९ ई.) : भास्कराचार्य सुप्रसिद्ध गणितज्ञ एवं खगोलशास्त्री थिए । भास्कराचार्य द्वारा लिखित ग्रंथहरुको अनुवाद थुप्रै भाषामा गरिएको छ । न्यूटन भन्दा १००० वर्ष पहिले भास्कराचार्यले गुरुत्वाकर्षणको प्रतिपादन गरेका थिए । यो कुरो उनले 'सिद्धांतशिरोमणि' भन्ने पुस्तकमा उल्लेख गरेका छन् । गुरुत्वाकर्षणको नियम बताउदै उनले भनेका छन् 'पृथ्वीले आकाश को बस्तु स्वशक्तिले आफूतिर तान्द्छ यसै कारण आकाशमा भएको बस्तु पृथ्वी तीर झर्दछ । यो नै पृथ्वीको गुत्वाकर्षण शक्ति हो ।

भास्कराचार्य द्वारा लिखित ग्रंथ ‘लीलावती’ मा गणित तथा खगोल विज्ञान संबंधी विषयहरुमा प्रकाश पारिएको छ । सन् ११६३ ई. मा उनले ‘करण कुतूहल’ नामक ग्रंथको रचना गरेका थिए । यस ग्रंथमा बताइए अनुसार चन्द्रमाले सूर्यलाइ छोपेपछि सूर्यग्रहण तथा पृथ्वीको छायाले चन्द्रमालाइ छोपेपछि चन्द्रग्रहण हुन्छ । यो नै पहिलो लिखित प्रमाण हो जसबाट मान्छेले गुरुत्वाकर्षण, चन्द्रग्रहण र सूर्यग्रहण सम्बन्धी जानकारी पाएका थिए ।

पतंजलि : 

======

योगसूत्र रचनाकार पतंजलि ईसा पूर्व दोश्रो शताब्दीमा निकै चर्चित थिए । पतंजलिले लेखेको ३ प्रमुख ग्रंथहरु भेटिन्छ - योगसूत्र, पाणिनीको अष्टाध्यायीमा भाष्य र आयुर्वेद ग्रंथ । पतंजलिलाइ प्रसिद्ध मनोवैज्ञानिक र चिकित्सक पनि भनिन्छ । पतंजलि ले नै योगशास्त्रको व्यवस्था गरेका हुन् त्यसैआरन उनलाई चिकित्सा र मनोविज्ञानसंग जोडिएको हो ।

पतंजलि महान चिकित्सक थिए । पतंजलि रसायन विद्या आ विशिष्ट आचार्य हुन् - अभ्रक, विंदास, धातुयोग र लौहशास्त्र इनैको देन हो । राजा भोजले इन्लाई मानो चिकित्सक भनि उल्लेख गरेका छन् ।

आचार्य चरक : 

=========

अथर्ववेदमा आयुर्वेदको निकै सूत्र भेटिन्छ । धन्वंतरि, चरक , च्यवन र सुश्रुतले विश्वमा पाइने रुख ,बिरुवा , वनस्पतिमा आधारित एक चिकित्साशास्त्र दिए । आयुर्वेदका आचार्य महर्षि चरकको गणना औषधि विज्ञानको मूल प्रवर्तकको रुपमा गरिन्छ ।

उनको ग्रन्थ 'चरक संहिता' हो । उनि छालाको चिकित्सक पनि थिए । आचार्य चरकले शरीरशास्त्र, गर्भशास्त्र, रक्ताभिसरणशास्त्र, औषधिशास्त्र इत्यादि विषयमा शोध गरेका थिए । मधुमेह, क्षयरोग, हृदयविकार आदि रोगहरुको निदान एवं औषधोपचार विषयको अमूल्य ज्ञान उनैले दिए ।

चरक एवं सुश्रुतले अथर्ववेदबाट ज्ञान प्राप्त गरेर ३ खंडमा आयुर्वेद माथि प्रबंध लेखे । उनीहरुले सबै रोगका निदान का उपाय र जोगिने तरीका बताए, उनले आफ्नो ग्रंथमा यस्तो मानव जीवन शैलीको वर्णन गरे जसमा कुनै किसिमको रोग र शोक न होस ।

महर्षि सुश्रुत : 

========

महर्षि सुश्रुत सर्जरीको आविष्कारक हुन् !इनले प्रसव, मोतियाबिंडु, कृत्रिम अंग, पत्थरीको उपचार र प्लास्टिक सर्जरी जस्तो धेरै किसिमको जटिल शल्य चिकित्सा को सिद्धांत प्रतिपादित गरेका थिए । आधुनिक विज्ञानले करिब ४०० वर्ष अघि देखि मात्र शल्य क्रिया गर्न लागेको हो । तर सुश्रुत ले 2600 वर्ष अघि यस्तो काम गरेर देखाएका थिए ।

महर्षि सुश्रुत द्वारा लिखित ‘सुश्रुत संहिता' मा शल्य चिकित्सा सबंधी महत्वपूर्ण जानकारी उल्लेखित छ । यस ग्रन्थमा चक्कु, सियो, चिमता इत्यादि सहित १२५ भन्दा बढी शल्य चिकित्सा उपकरणको नाम उल्लेख गरिएको छ । यस ग्रंथमा लगभग 300 प्रकारको सर्जरी को नाउ उल्लेखित गरिएको छ ।

नागार्जुन : 

======

नागार्जुनले रसायन शास्त्र र धातु विज्ञानमा शोध कार्य गरेका थिए । रसायन शास्त्रमा इनले धेरै पुस्तक हरु लेखेका थिए । त्यस मध्ये 'रस रत्नाकर' र 'रसेन्द्र मंगल' निई प्रसिद्ध छन् । यी रसायनशास्त्री र धातुकर्मी हुदा हुदै इनले आफ्नो चिकित्सकीय ‍सूझ-बूझ बाट अनेकौं असाध्य रोगहरुको औषधि तयार गरेका थिए । चिकित्सा विज्ञानको क्षेत्रमा इनको प्रसिद्ध पुस्तक 'कक्षपुटतंत्र', 'आरोग्य मंजरी', 'योग सार' र 'योगाष्टक' प्रशिद्ध मानिन्छ ।

नागार्जुनले विशेष रूपमा सुन र पारोमा गरेको शोध, प्रयोग चर्चित छ । उनले पारोमा अध्ययन गरेर पारोबाट सुन निकाल्ने तरिकाको सूत्र निकालेका थिए । आफ्नो एक पुस्तकमा उनले बताएआ छन् कि पारोको कूल १८ संस्कार हुन्छन । यिनको जन्म बौद्धकालमा भएको थियो ।

पाणिनी : 

=====

पहिलो व्याकरण लेख्ने पाणिनी ईसा पूर्व ५०० वर्ष पहिला जन्मिएका संस्कृत भाषालाई व्याकरणबद्ध गरेका थिए । इनले तयार पारेको ब्यारणको नाउँ हो अष्टाध्यायी जसमा ८ अध्याय लगभग ४ हजार सूत्र छन् । यस ग्रन्थमा पाणिनीले विभक्ति-प्रधान संस्कृत भाषा को ४००० सूत्र वैज्ञानिक र तर्कसिद्ध ढंगले दर्शाएका छन् ।

अष्टाध्यायीलाइ व्याकरण ग्रंथ मात्र भन्न मिल्दैन । यसमा हाम्रो समाजको पूर्ण चित्र उल्लेखित छ !त्यति खेरको भूगोल, सामाजिक, आर्थिक, शिक्षा र राजनीतिक जीवन, दार्शनिक चिंतन, खान-पान, रहन-सहन आदि सबै प्रसंग ठाउँ ठाउँमा उल्लेखित छन् ।

महर्षि अगस्त्य : 

==========

महर्षि अगस्त्य एक वैदिक ॠषि हुन् । बिजुलीको आविष्कार थामस एडिसनले गरेको मान्दछन तर महर्षि अगस्त्य जो राजा दशरथको राजगुरु पनि थिए । उनि सप्तर्षिमा गनिन्छन, 'अगस्त्य संहिता' नामक ग्रंथमा विधुत उत्पादन गर्ने सूत्र उल्लेख गरेकाछन ।

संस्थाप्य मृण्मये पात्रे

ताम्रपत्रं सुसंस्कृतम्‌।

छादयेच्छिखिग्रीवेन

चार्दाभि: काष्ठापांसुभि:॥

दस्तालोष्टो निधात्वय: पारदाच्छादितस्तत:।

संयोगाज्जायते तेजो मित्रावरुणसंज्ञितम्‌॥

-अगस्त्य संहिता

अर्थात : एक माटोको भाँडोमा ताम्र पट्टिका (Copper Sheet) राखुँ । त्यसमा शिखिग्रीवा (Copper sulphate) मिसाउ , फेरी बीचमा भिजेको काष्ट पांसु (wet saw dust) राहम , माथि पारो (mercury‌) तथा दस्त लोष्ट (Zinc) राखुँ , त्यसरी राखेपछि तार मिलाउदा त्यसबाट मित्रावरुणशक्ति (Electricity) उत्पन्न हुन्छ ।

अगस्त्य संहिता मा विद्युतको उपयोग इलेक्ट्रोप्लेटिंग (Electroplating) कोलागि गर्ने विवरण समेत उल्लेख गरिएको छ । उनले बैटरी द्वारा तांबा, सोना या चांदी मा पालिस गर्ने विधि पनि बताएका छन् यसारण अगस्त्य ऋषिलाई कुंभोद्भव (Battery Bone) पनि भनिन्छ ।

Jantedhunga
प्रतिक्रिया