काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सनीबार राति फेस बुक स्टाटस लेख्दै सिहदरबार मा आगो लगाउने चेतावनी दिएका छन्।
मेयर शाहले काठमाडौं महानगरपालिकाको गाडी रोकिएकोप्रति आक्रोश व्यक्त गर्दै सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका हुन् ।
उनले लेखेका छन्, 'आजको लागी केहि भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।'
महानगरपालिकाको मेयरले सरकारलाई चोरको संज्ञा दिनु गम्भीर विषय भए पनि उनले सामाजिक सञ्जाल फेसबुकबाट सिंहदरबारमा नै आगो लगाउने गैरजिम्मेवार अभिव्यक्ति दिएका छन।मेयर शाह ले माहानगरपालिका को गाडि रोकिएको बारे अन्य बिवरण भने उल्लेख गरेका छैनन।
Jantedhunga
saturday 02 sep 2023
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो