काठमाडौँ, ३१ वैशाख : नेपाली कांग्रेस संसदीय दल र संसदीय दल कार्यसमितिको आजका लागि निर्धारित बैठक सारिएको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आज दिउँसो १ बजेका लागि तय भएको संसदीय दल कार्यसमितिको बैठक र दिउँसो २ बजे बस्ने भनिएको संसदीय दलको बैठक भोली जेठ १ गते विहान ९ बजे बस्ने गरी सारिएको जानकारी दिनुभयो ।
पछिल्लो राजनीतिक घटनाक्रम र समसामायिक विषय तथा सहकारी ठगीका बारेमा संसदीय छानबिन समिति गठनलगायतका विषयमा छलफल गर्न बोलाइएको बैठक थप तयारीका लागि एक दिन सारिएको बताउनुभयो । “संसद्को बजेट अधिवेशन सुरू भएको छ । भोली नै सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ तर अहिलेसम्म हामीले उठाउँदै आएको संसदीय छानविन समिति गठनको विषयमा सहमति भएको छैन । त्यसैले आज दिनभरका घटनाक्रम कसरी अगाडि बढ्छन्, त्यही आधारमा भोली छलफल गरेर आवश्यक रणनीति बनाउँदा उपयुक्त हुने ठानेर हामीले भोलीका लागि बैठक सारेका हौ”, प्रमुख सचेतक लेखकले भन्नुभयो ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो