रमेश लुइँटेल, नयाँ दिल्ली(भारत), वैशाख २१ — भारतको राजधानी नयाँ दिल्लीस्थित प्रतिष्ठित संस्था गान्धी फाउन्डेसनको सभाहलमा आइतबार “नेपालमा प्रतिगमनको खतरा र गणतन्त्रको रक्षाको प्रश्न” विषयक विशेष विचार गोष्ठी सम्पन्न भएको छ। “नेपालमा प्रतिगमनको खतरा र गणतन्त्रको रक्षाको प्रश्न” शीर्षकमा आयोजित उक्त कार्यक्रममा नेपालमा लोकतन्त्रको अवस्थाबारे गम्भीर बहस भएको छ । कार्यक्रममा भारत र नेपालका प्राज्ञ, पत्रकार, राजनीतिक विश्लेषक र मानव अधिकारकर्मीहरूको उपस्थिति रहेको थियो । पुर्व राजाको सक्रियताले गणतन्त्रमाथी खतराको घण्टि बजेको बिश्लेषक हरुको भनाइ थियो ।
समाजसेवी प्रमोद खरेल, मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनाल, नेपाली समाज भारत तथा दक्षिण एसियाका इन्चार्ज लक्ष्मण पन्त लगायका वक्ताहरूले नेपालमा पछिल्लो समय देखा परेका राजनीतिक गतिविधिहरू — विशेषगरी संवैधानिक संस्थाहरूमा हस्तक्षेप, अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश र नागरिक अधिकारहरूको खुम्च्याइलाई लोकतान्त्रिक प्रणालीमाथिको सम्भावित प्रतिगमनको संकेतको रूपमा चित्रण गरे।
नेपालका गणतन्त्रात्मक उपलब्धिहरू गुम्न सक्ने खतराबारे सचेत गराउँदै वक्ताहरूले आन्तरिक रूपमा जनताको सचेतना र प्रतिवद्धता आवश्यक रहेको र अन्तर्राष्ट्रिय समुदायले पनि नेपाली लोकतन्त्रको पक्षमा दृढ समर्थन जनाउनुपर्ने बताए।
कार्यक्रममा नेपालका गणतन्त्र स्थापनाको ऐतिहासिक पृष्ठभूमि, वर्तमान चुनौती र आगामी दिनमा कसरी संस्थागत लोकतन्त्रलाई बलियो बनाउन सकिन्छ भन्नेबारे विविध दृष्टिकोण प्रस्तुत गरिएको थियो।
कार्यक्रमको समापनमा सहभागीहरूद्वारा जारी गरिएको संयुक्त अवधारणा-पत्रमा नेपालको संविधानको मर्म र लोकतान्त्रिक मूल्यहरूको संरक्षणका लागि सबै पक्षको संयम, संवाद र साझा प्रयासमा जोड दिइएको छ।
कार्यक्रममा कलाकारहरूले क्रान्तिकारी गीत संगीत समेत प्रस्तुत गरेका थिए।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो