जन्तेढुङा संवाददाता।काठमाडौँः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्ध परेको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले मंसीर १८ मा फैसला सुनाउने भएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले निर्णय सुनाउने (निसु) को आदेश दिएको छ। आइतबार भएको सुनुवाइपछि इजलासले निर्णय सुनाउने मिति तोकेको हो। आगामी मंसीर १८ मा निर्णय सुनाउने मिति तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बताए।
२०७३ सालमा दाहालले अदालतका आदेश विरुद्ध बोलेका थिए। उनले सार्वजनिक कार्यक्रममै अदालतले माओवादीलाई सिध्याउन खोजेको आरोप लगाएका थिए। शान्ति प्रक्रियाका नाममा माओवादी विरुद्ध अदालतले आदेश दिइरहेको दाहालको भनाइ थियो।
Jantedhunga
sunday 24 sep 2023
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो