बिराटनगर।भाद्र २५ गते, लागु औषध नियन्त्रक ब्युरो बिराटनगरको प्रहरी टोलिले बिराटनगर महानगरपालिका १५ स्थित रानी भन्सार ढाट नम्बर १ बाट लागु औषध खैरो हिरोइन सहित दुई जनालाइ पक्राउ गरेको छ। पक्राउ परेका बिराटनगर महानगरपालिका १४ का २५ वर्षिय शिबकुमार रामको साथबाट ३६० मिलिग्राम र सप्तरी को शम्भुनाथ नगरपालिका ६का १९ वर्षिय शिबम गुप्ताको साथबाट २ ग्राम ८० मिलिग्राम लागु औषध खैरो हिरोइन बरामद भएको छ्। पक्राउ परेका दुबै जना लाइ इलाका प्रहरी कार्यालय रानीको हिरासत मा राखि थप अनुसन्धान भै रहेको र जिल्ला अदालत मोरङ बाट म्याद थप गरी थप अनुसन्धान र कार्वाहि गरिने प्रहरीले जानकारी दिएको छ।
Jantedhunga
monday 11 sep 2023
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो