खोटाङ। खोटाङमा गोरु काटेको आरोपमा ४ जना पक्राउ परेका छ्न।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १२ जाल्पा स्थित मसानेडाडा मा हिजो सोमबार गोरु काटेर भोज खाएको भिडियो सार्बजनिक भएपछि जिल्ला प्रहरी कार्यालय खोटाङको प्रहरी टोलिले स्थानिय ४ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सोही स्थानका डिकमान तामाङ,तेजबहादुर तामाङ, गोपाल तामाङ र रावाबेसी ६ हौचुरका बादल गुरुङ रहेका छ्न नेपालको कानुनले गौ हत्यालाइ डन्डनीय अपराध मानेको छ। मुलुकी अपराध (संहिता) ऐन २०७४ ले गौहत्यालाई फौजदारी अपराध स्विकारी दण्डनीय बनाएको छ।सो ऐनको परिच्छेद २७ ले पशुपक्षीसम्बन्धी विभिन्न कसुरलाई अपराध मानी दण्डनीय बनाएको छ। सोही परिच्छेदको दफा २८९ मा आफ्नो प्रतिरक्षामा बाहेक गाई,गोरु मार्न वा कुटपिट गर्न नहुनी भनी कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्याउने नियतले कुनै काम गरेमा वा गर्न लागि सो कार्यबाट गाई वा गोरु मर्न गएमा सो कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद भनी गाई गोरु मार्ने कार्यलाई कानुनत: दण्डनीय बनाएको छ। सोही दफाले गाई वा गोरुलाई कुटपिट अंगभंग पार्नेलाई ६ महिनासम्म कैद र अरू चोट पुर्याउनेलाई ५० हजारसम्म जरिवाना हुने सजाय समेत हेर्दा गाई गोरुलाई फौजदारी कानुनले समेत विशेष दर्जा दिएको पाइन्छ। प्रहरीले पक्राउ पछि थप अनुसन्धानभइरहेको बताएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो