खुर्कोट। बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाँउपालिका–६, चैनपुरमा आज (मङ्गलबार )कार दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा कारमा सवार मोरङ जिल्ला विराटनगर उपमहानगरपालिका–१७ निवासी ६५ वर्षीय ओमबहादुर अर्जेल रहेका छन् । कारमा सवार उनकी श्रीमती ४९ वर्षिया सुनिता अर्जेल र छोरा ३१ वर्षीय निशान्त अर्जेल घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार विराटनगरबाट काठमाडौँ जाँदै गरेको बा. ७ च. ७५५४ नम्बरको उक्त कार आफै अनियन्त्रीत भई सडकबाट करिब ४२ फिट तल खसेर दुर्घटना भएको हो ।
तत्काल उद्धार गरी तीनै जना घाइतेलाई आत्मिय सामुदायिक अस्पताल खाल्टेमा उपचारका लागि ल्याइएकोमा कार चालक ओमबहादुरलाई चिकित्सकले मृत्यु घोषणा गरेका थिए ।
अन्य दुबै जना घाइतेलाई थप उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको प्रहरीले जानकारी दिएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो