भारतमा आज आर्थिक बर्ष २०२५/२६ का लागि बजेट सार्बजनिक गरिँदै

Jantedhunga

नयाँदिल्ली, १९ माघ । भारतमा आज आर्थिक बर्ष २०२५/२६ का लागि बजेट सार्बजनिक गरिँदैछ ।

अर्थमन्त्री निर्मला शितारमणले आज भारतको बजेट सार्बजनिक गर्न लागेकी हुन् । बजेट बिहान ११ः०० बजे सार्बजनिक हुँदैछ । हिजो अर्थमन्त्री निर्मला शितारमणले आर्थिक सर्वेक्षण पेश गरेकी थिइन् । 

यसअनुसार आर्थिक वर्ष २०२६ अर्थात १ अप्रिल २०२५ देखि ३१ मार्च २०२६ को अवधिमा कुल गार्हस्थ्य उत्पादन वृद्धि ६.३५ देखि ६.८५ हुने अनुमान गरिएको छ । जबकि खुद्रा मुद्रास्फीति अप्रिल–डिसेम्बर २०२४ मा ४.९ मा बढेको देखिएको छ ।

सो बजेट मन्तब्य पछि नेपालका लागि पनि सहयोग घोषणा हुनेछ । भारतले सार्क राष्ट्रका लागि पनि बजेट छुटयाउँदै आएको छ, जसअनुसार सबैभन्दा बढी सहयोग भारतले भुटानलाइ दिदैँ आएको छ ।

Jantedhunga
प्रतिक्रिया