मोरङको सुनबर्सी बाट ठुलो परिमाणको लागु औषध सहित पक्राउ

Jantedhunga

बिराटनगर।मोरङ जिल्ला सुनवर्सी नगरपालिका-८ सिक्टी चौकमा भारत बाट मोटरसाइकलमा नेपाल   तर्फ आउदै गरेको ब्यक्ति माथी संका लागि प्रहरी चौकी सिक्टी बाट खटिएको  प्रहरीले चेकजाँच गर्दा ठुलो परिमाणको प्रतिबन्धित लागु औषध सहित एक ब्यक्ति पक्राउ परेका छन।

पक्राउ पर्नेमा  मोरङ जिल्ला सुनवर्सी नगरपालिका वडा नं.-९ बस्ने  ५०  बर्षिय मित्र बहादुर राई रहेका छन । चेकजाँच को क्रममा राईले  मोटरसाईकलको लेगार्डमा बाँधी बोरामा राखी ल्याउदै गरेको प्रतिबन्धित औषधी TRAMADOL CAPSULE IP 50 mg ७२८ पत्ता (७२८० गोट्टी) सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि औषधी ब्यवस्था विभाग विराटनगर बुझाएको प्रहरीले जनाएको छ ।

Jantedhunga
प्रतिक्रिया