खोटाङ। दिप्रुङ चुइचुम्मा गाउँपालिकाले नेपालीहरुको महान चाड दशैँ, तिहार, नेपाल सम्वत तथा छठ पर्वको अबसरमा शुभकामना आदान-प्रदान कार्यक्रम गर्ने भएको छ।
आगामी असोज २८ गते गाउँपालिका अन्तर्गतका जनप्रतिनिधि, पुर्व जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी शिक्षा प्रेमी, बुद्दिजिवी, शिक्षक, कर्मचारी लगाएतलाई आमन्त्रण गरि गाउँपालिकाले शुभकामना आदान-प्रदान कार्यक्रम गर्न लागेको हो।
गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले सबै नेपाली समुदायले मनाउने चाड पर्व हाम्रै हुन। चाडपर्व, धर्म, सस्कार हाम्रो पहिचान हो। तर चाडपर्व अनाबश्यक भद्दा र भड्किलो हुनु हुन्न भन्दै चाडपर्वले आपसी सद्भाव, सहृदयी र एकताको बिकाश गर्ने हुँदा चाडपर्वहरु उत्साह, उल्लासका साथ सुरक्षित, मर्यादित ब्यबस्थित तबरले मनाउन आम दिप्रुङ चुइचुम्माली नागरिकहरुलाई सन्देश समेत दिन कार्यक्रम आयोजना गरिएको बताउनु भयो।
साथै आगामी असोज २८ गते चाडपर्व विशेष शुभकामना आदान-प्रदान कार्यक्रममा गाउँपालिकाको आदिकारीक फेसबुक आइडिबाट निमन्त्रणा गरि सकिएकाले त्यसै निमन्त्रणालाई आधार मानी उपस्थिति भइ दिन आमन्त्रित सबैमा अध्यक्ष राईले अनुरोध समेत गर्नु भयो।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो